बुद्धभुमिमा ज्ञान महायज्ञ संचालन हुने

कपिलवस्तु जागरण
कपिलवस्तुको बुद्धभूमि नगरपालिका बुढ्ढीमा श्रीमद्भागव धनधान्यञ्चल ज्ञान महायज्ञ संभालन हुने भएको छ । घर घरबाट उठौं, बस्ती बस्ती बाट जुटौं । यो पबित्र महा अभियानमा कोही न छुटौं भन्ने मुल नाराका साथ बुद्धभुमि योग तथा आध्यात्मिक केन्द्रको आयोजना तथा बुद्धभुमि नगरपालिकाको संरक्षणमा यही माघ २२ गते देखी २८ गते सम्म संचालन हुने कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
बुद्धभुमि नगरपालिका अगाडी हुने महयज्ञको प्रमुख कथा वाचकको रुपमा पण्डित दिनबन्धु पाेख्रेल रहनुहुने बताईएको छ ।आज आयोजक समितीले एक पत्रकार सम्मेलन गरी उक्त कुरा बताएको छ । मुल समारोह समितिका सह संयोजक टेकराज पौडेलको अध्यक्षतामा मिडिया समन्वकर्ता रोमलाल खनालको संचालनमा उक्त पत्रकार सम्मेलन गरिएको हो । सम्मेलनमा समितिका महा सचिव रुपकराज खनाल , समितीका अन्य सदस्यहरु र संचारकर्मीहरुको सहभागितामा भएको हो ।

योग तथा अध्यात्मिक केन्द्र स्थापनर्थ संचालन गरिएको महायज्ञले प्रमुख पाँच वटा उद्धेश्यहरु लिई संचालन गर्न लागिएको कुरा सह संयोजक टेकराज पौडेलले बताउनु भएको छ । जसमा योग तथा आध्यात्मिक केन्द्रको भवन निर्माण गर्ने ,योग साधना , आध्यात्मिक ज्ञान , पुर्बिय दर्शन सम्बन्धि पुस्तकालय संचालन गर्ने , आयुर्वेदिक औषधालय संचालन गर्ने , जडीबुटी आयुर्वेदिक अध्ययन अनुसंधान केन्द्र संचालन गर्ने र पर्याटकिय केन्द्रको रुममा यस ठाउँलाई बिकास गर्ने रहेको छ ।
आयोजक समितीले भविश्यमा करिब ५ करोडको लागतमा योग तथा आध्यत्मिक केन्द्र को भवन निर्माण गरी संचालनमा ल्याउने जनाएको छ ।समिती यस बर्ष २ देखी ३ करोडको लक्ष्य लिई अगाडी बढेको छ । जसको सफल्ताको लागी सम्पुर्ण भक्तजन र सर्बसाधारण लाई अनुरोध गरिएको छ । ७ दिन सम्म संचालन हुने महायज्ञमा शोभा बढाई दिनको लागी आयोजकले सम्पुृर्णमा अनुरोध गरेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group