२९ लाख ६० हजार बराबरको आर्थिक प्रतिबेदन पास गर्दै बनदेबी सामुदायिक बनको साधारण सभा सम्पन्न ।

कपिलवस्तु जागरण
कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ५ स्थित बनदेबी सामुदायिक बन उपभोक्ता समुहको चौथो वाषर््िाक साधारण सभा आज सम्पन्न भएको छ । बन उपभोक्ता समूहले आर्थिक बर्ष ०७९÷०८० मा गरेका आर्थिक कारोवार २९ लाख ६० हजार ९ नौ सय ९० रुपैयाको आर्थिक प्रतिबेदन सहित प्रगति प्रतिबेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभा समूहका अध्यक्ष मोती लाल यादवको अध्यक्षता तथा बुद्धभूमि नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रोम बहादुर थापा क्षेत्री को प्रमुख अतिथ्यतामा भएको हो । त्यसै गरी कार्यक्रमको बिशिष्ठ अतिथीमा बैज्ञानिक बन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघका केन्द्रिय सदस्य सुर्य बहादुर मल्ल र बैज्ञानिक बन कपिलवस्तुका जिल्ला सदस्य लाल बहादुर कुवँर रहनु भएको थियो भने अन्य अतिथिीहरुमा सामुदायिक रेडियो कपिवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादव लगायत अन्य समाजसेवी र छिमेकी समुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधीहरु रहनु भएको थियो ।


अध्यक्ष मोतीलाल यादवले बनदेबी सामुदायिक बन उपभोक्ता समितीले यस आर्थिक बर्ष २०८०÷०८१ मा १ करोड १४ लाख बराबरको काम गर्ने योजना पेश गर्नु भएको थियो । साधारण सभामा समुहले कार्य क्षेत्र भित्रका ४ वटा बिद्यालयका १० जना गरिब , जेहन्दार , बिपन्न परिवारका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री ब्यग , कापी कलम र स्कलु ड्रेस प्रमुख अतिथी बाट बितरण गरेको थियो । समितीले उपभोक्ताहरुलाई सहुलियत दरमा काठ , बल्ला बल्ली , बनपैदावार उपलब्ध गराउनुको साथै रोजगारीको अवसर पनि उपलब्ध गराएको कुरा प्रतिबेदनमा उल्लेख गरिएको छ ।


जंगल क्षेत्रका उपभोक्ताहरुलाई जंगली जनावर र जंगली गाई बाट हुने क्षतिलाई न्यूनिकरण गर्नको लागी यस बर्ष तारबार अनिवार्य रुपमा गर्ने अध्यक्ष को प्रतिबध्यता रहेको छ । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथी रोम बहादुर थापा क्षेत्री ले बन उपभोक्ता समुहले पालिका संग लागत साझेदारीमा उपभोक्ताहरुलाई लाभ हुने र आय आर्जन संग प्रत्यक्ष जोड्न सकिने कार्य गर्नु पर्छ । लागत साझेदारीमा पनि काम गर्न वडा तथा नगरपालिका तयार रहेको बताउनु भएको थियो । त्यसैगरी रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादवले उपभोक्ताहरुलाई बन प्रतिको मोह जगाउनको लागी रोजगार तथा जन जिविका संग जोडी राख्नु पर्ने बताउनु भएको थियो । बिशिष्ठ अतिथी सुर्य बहादरु मल्ल ले उपभोक्ताहरुलाई प्रति घर एक वटा रुख रोप्न अग्रह समेत गर्नु भएको थियो ।साधारण सभामा उपभोक्ताहरु बट आएका जिज्ञासाहरुलाई अध्यक्ष यादवले सम्बोधान गर्नु भएको थियो भने कार्यक्रम लाई हीरा लाल थारुले ब्यवस्थित रुपमा संचालन गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group