शान्तिको नवौं साधरण सभा सम्पन्न , जंगली गाई बाट किसानलाई जोगाउन उपभोक्तहरुको जोडदार माग

कपिलवस्तु जागरण
शान्ति सामुदायिक बन उपभोक्त समूह बुद्धभूमि १० चेतरादेईको ९ औ साधारण सभा पौष २ गते सम्पन्न भएको छ । समुहल एक बर्ष भरी गरेको गतिबिधीहरुको आर्थिक तथा प्रगती प्रतिबेदन को साथै अगामीबर्ष गरिने योजनारु उपभोक्ताहरुमाझ पेश गर्नु पर्ने हुन्छ । सोही बमोजिम हिजो समुहले उपभोक्ताहरुको भेला गरी आर्थिक बर्ष ०७९÷०८० को प्रगती प्रतिबेदन र ३३ लाख ७९ हजार बराबरको आर्थिक प्रतिबेदन पेश गरेको थियो । त्यसै गरी आर्थिक बर्ष २०८०÷०८१ मा गर्ने ९३ लाख बराबरको अगामी योजना शान्ति सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष महन्थ केवटले पेश गर्नु भएको थियो ।
समूहका अध्यक्ष महन्थ केवटको अध्यक्षतामा भएको साधारण सथाको प्रमुख अतिथीमा सब डिभिजन बन कार्यालय बड्हराका सहायक बन अधिकृत पहलवान शेसमुजा मगर रहनु भएको थियो भने बिशिष्ठ अतिथीमा सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसी राम यादव रहनु भएको थियो । त्यसै गरी अन्य अतिथीहरुमा वडा सदस्य मेघनाथ केवट , गौतम बुद्ध सामुदायिक बनका अध्यक्ष सुर्य बहादुर मल्ल, बनदेबी सा. बन उ.स.का अधयक्ष मोतीलाल यादव लायतका रहनु भएको थियो । कार्यक्रमको संचालन रामु यादवले गर्नु भएको थियो । बिबिध कारण बस अघिल्ला बर्षहरुमा समूहले उल्ललेखनिय कार्यहरु गर्न न सकेको र गत बर्ष देखी सामुदायिक बनले गर्ने नियमित कार्यहरुको शुरुवात भएको र अब नियमित रुपमा आफ्ना बन कार्ययोजना अनुसरा अगाडी बढ्ने कुरासमूहका अध्यक्ष महन्थ केवटले बताए । प्रमुख अतिथिकाे असन बाट बाेल्दै सहायक बन अधिकृत पहलवान शेसमुजा मगर ले समुहले राम्रै काम गरीरहेकाे ले अाफु बाट समुहलाइ हुने सहयाेग गर्ने बताउनु भएकाे थियाे ।


समूहले गर्ने यसबर्षको कार्ययोजनामा किसान तथा उपभोक्ताहरुलाई जंगली गाई र जंगली जनावर बाट बचाउनको लागी काँडे तार तथा जाली को ब्यवस्थापन हुनु पर्नेमा जोडदार माग गरेका थिए । किसानहरूलाइ हाथमुख जोर्न थोरै सहयोग पुग्ने धान बाली र गहुँ बाली जंगली गाई र निलगाईहरु खाएर सखाप पारेपछि जंगल छेउमा उपभोक्ताहरु बढी मारमा पर्ने गरेका छन । सदस्यहरुको जिज्ञासा र माग लाई सम्बोधन गर्दे अध्यक्षमहन्थ केवट यसै बर्ष तारबारको ब्यवस्थापन गर्ने कुरा प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group