लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मटकी फोर

कपिलवस्तु जागरण
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान जनकाल्याण यूवा कल्बले मटकी फोर कार्यक्रमको आयोजना गरी मनाएको छ । कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ पिपरा स्थित जनकाल्याण यूवा कल्बले एक कार्यक्रमको आयोजना गरी मंशिर २४ गते मनाएको हो ।
सनशाईन सामाजिक बिकास संस्था बुद्धभूमि १० चेतरादेई र यूनाईटेड मिशन टु नेपालको सहकार्यमा संचालित सि.एल.पी परियोजना को सहकार्यमा जनकाल्याण यूवा कल्बले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा पपिरा , बुलडिहवा , सानो गौरा । ठुलो गौराका पुरुष तथा महिलाहरुले मटकी फोर खेलमा सहभागी जनाएका थिए । यसरी खेलको माध्ययम बाट महिला तथा पुरुषको समान सहभागिता र क्षमता प्रदर्शन गरिने पहिलो कार्यक्रम भएको कार्यक्रमका सहभागीहरुले बताएका छन । खेल कार्यक्रममा सहभागी भई बिजयी भएका खेलाडीहरुलाई पुरस्कार बितरण गरिएको थियो ।


खेलमा सहभागी भई प्रथम ,द्धतिय , तृतिय र सन्तावना स्थान हासिल गरेका बिजगी खेलाडीहरुलाई सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ , वडा सदस्य हृदयराम यादव र जनकल्याण युवा कल्बका अध्यक्ष राज कुमार चमारले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

लैंगिक हिंसा अनत्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको एकिबद्धता भन्ने मुल नाराका साथ अयोजक संस्थाले लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा अपाङ्गता समाबेशी सम्बन्धि सडक नाटक र खेल प्रतियोगितको आयोजना गरेको कुरा कार्यक्रम संयोजक मनोज यादवले बताउनु भयो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group