लुम्बिनी बिकास कोषले कपिलवस्तुको बिकास लाई छायाँमा पार्यो ःपुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

कपिलवस्तु जागरण
नेपाल सरकारका पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई ले लुम्बिनी बिकास कोषले कपिलवस्तुको बिकासलाई छायाँमा पारेको बताउनु भएकोछ । उहाँले मंशिर २९ गते तिलौराकोट दरबारमा आयोजना गरिएको एक कार्यक्रमका बीच उद्घोष गर्नु भएको छ ।
बुद्ध संग सम्बन्धित महत्वपुर्ण १० वटा सर्किटहरु मध्ये ७ वटा कपिलवस्तुमै रहेकोले पनि यसको यसलाई महत्व दिनु पर्ने हो तर त्यो भएको छैन । बुद्धको जन्म मात्र लुम्बिनीमा भएको भएकोले त्यहाँ को बिकास अकासिएको छ । मानिसको जन्म जाहँ सुकै , कुनैपनिस्थानमा हुन सक्छ तर महत्व त्यो ब्यक्ति कहाँको हो त्यसको घरको दिनेगरिन्छ तर त्यो न भई त्यसको ठीक उल्टो कार्य यहाँ भएको उहाँले बताउनु भयो । उहाँले आमा माइत जाने बेलामा बुद्धको जन्म लुम्बिनीमा भएको हो तर उहाँको घर शाक्य राजधानी तिलौराकोट हो । बुद्धले २९ बर्ष बिताएको ठाउँ तिलौराकोटको बिकास हुन न सक्नुमा पुरातत्व बिभाग र लुम्बिनी बिकास कोषको नै हाथ रहेको उहाँको ठम्मयाई रहेको छ ।
उहाँले अहिले सम्म सुनिरहेको तर आज प्रत्यक्ष रुपमा तिलौराकोट दरवारको अवलोकनले धेरैकुराहरुको जानकारी भईसकेको र अब राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । साथै उहाँले तिलौराकोट दरबार वरीपरि रहेका स्थानियहरुकोे जग्गा अधिग्रहण गरेर बिस्थापित गर्ने होइनकी सरकारले उहाँहरुको ब्यवस्थापनको पनि जिम्मा लिनु पर्ने बताउनु भएको हो ।


कपिलवस्तु जिल्लाको बृहत बिकास र आर्थिक समृद्धि आम्रो प्रतिबद्धता नाराका साथ कपिलवस्तु बिकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँ तिलौराको आउनु भएको थियो । कार्यक्रममा कपिलवस्तुका स्थानिय तहका प्रमुखहरु , पुर्ब प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्त , शान्ति देबी हरिजन लुम्बिनी प्रदेश सभासदस्य सुधाकर पाण्डेय , राजनितिकदलका पार्टी प्रतिनिधीहरु , समाजसेबी , बौद्धिक ब्यक्तित्वहरु , संचारकर्मी लगायत स्थानियहरुको सहभागिता रहेको थियो । कपिलदवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले तिलौराकोट क्षेत्रको बिकास न लुम्बिनी बिकास कोष र पुरातत्व बिभागले गर्छ न गर्न दिन्छ । नगरपालिकाको कैयौ योजनाहरु फ्रिजभएर गएका छन तर अब हामी कपिलवस्तुका १० वटै पालिकाहरुको सल्लाह भैसकेको छ यहाँको बिकास गर्नको लागी कसैले रोकेर रोक्ने वाला छैन । त्यसको लागी पनि यो संकल्प प्रस्ताव पारित हुदैछ ।


तिलौराकोट तथा यस संग सम्बन्धित सर्किटहरु संग बिशेष लगाव राख्ने अध्ययनशिल बौद्धिक ब्यक्तित्व राम अचल यादवले कार्यक्रममा बौल्दै यहाँको बिकास , चुनौती र अवसरको बारेमा बताउनु भएको थियो । त्यसै गरी मानव अधिकारको क्षेत्रमा कृयाशिल रहेका मानव अधिकारवादी रबि ठाकुरले कपलिवस्तुको बिकास हुन न दिन ठुलो राजनितीक खेल रहेको बताउनु भएको छ । कार्यक्रम कार्यक्रम कपिलवस्तु पर्याटन बिकास समितीका अध्यक्ष हरिश चन्द्र खनालको अध्यक्षतामा भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group