
कपिलवस्तु जागरण (शत्रुघन खरविन्द ) मंसिर १९
कपिलवस्तु धनकौली स्वास्थ्य चौकीद्धारा महिला स्वयंसेवक दिवस एक कार्यक्रम गरि मनाएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली स्वास्थ्य चौकीले स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराको साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविक दिवस मनाएको हो । दिवसको अवसारमा वडा भित्र रहेका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकहरुलाई खादा,माला लगाएर स्वास्थ्य चौकीले सम्मन गरेको थियो । स्वास्थ्य क्षेत्रमा र स्वास्थ्य संस्थाबाट दिने सेवा सुविधालाई सामुदायमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकहरुले पु¥यायको योगदन धेरै नै महत्वपुर्ण रहेको धनकौली स्वास्थ्य चौकीका सिनेर सि.अ.हे.ब मुक्त गिरीले बताउनु भएको छ । स्वास्थ्य क्षेत्रमा पु¥यायको योगदनको कदर गर्दै नेपाल सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविक दिवस मनाउदै अएको गीरीको भनाई रहेको छ। उहाँले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविक दिवासको अवसरमा सबै स्वयम्सेविकहरुलाई सफताको शुभ कामना दिनुभएको थियो ।

धनकौली स्वास्थ्य चौकी र महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकहरुलाई बुद्धभुमि नगरपालिका वडा नम्बर १० कार्यालय बाट सक्दो सहयोग प्रदान गरिने कार्यवहक वडा अध्यक्ष त्रिभुवन कुर्मीले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली वडाका कार्यवहक वडा अध्यक्ष त्रिभुवन कुर्मीको अध्यक्षता र धनकौली स्वास्थ्य चौकीका सिनेर सि अ.हे.ब. मुक्त गिरीको प्रमुख अतिथतामा भएको थियो । कार्यक्रममा वडा सचिव जीत बहदुर यादवको विशिष्ट अतिथता रहेको थियो । कार्यक्रममा धनकौली स्वास्थ्य चौकीका सि अ.न.मी.नीरा बेल्बासे , सि अ.न.मी.अनिता बि.क., सि.अ.हे.व.माया कुमारी नेपाली , धनकौली वडा भित्र रहेका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविक ,पत्रकार लगायतको सहभागित रहेको थियो । कार्यक्रम बुद्धभुमि नगरपालिका हनुमानचोक बुड्ढी कपिलवस्तुको अयोजनमा धनकौली स्वास्थ्य चौकी कार्यालयमा भएको थियो । कार्यक्रमको संचालन धनकौली स्वास्थ्य चौकीका अ.हे.ब. हरि नारायण रौतारले गर्नु भएको थियो ।