कर्तब्यज्यान मुद्दाका फरार प्रतिवादी सहित तीन पक्राउ

कपिलवस्तु जागरण
मिति २०७१ साल बैषाख २८ गते राती करिब ११:३० बजे सिन्धुपाल्चोक जिल्ला ठूलोपाखर गा. वि. स. वडा नं २ बस्ने बर्ष ४३ की काली माया लामालाई काले वाङगेलभन्ने निमा लामा समेतका ब्यक्तिहरूले कुटपिट गरी पटुकाले घाटी कसी कर्तब्य गरी
मारी मृतकलाई चिलाउनेको रूखमा झुण्डयाएको कर्तब्यज्यान मुद्दामा सम्मानितसिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१/१२/१७ गतेको फैसलाले प्रतिवादीकाले वाङ्गेल भन्ने निमा लामालाई २० बर्ष कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय
कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा रहेका निज प्रतिवादी २०७२ साल बैसाख १२ गतेको भूकम्प पछी भत्कीएको कारागारबाट भागी, अन्यथुनुवा-कैदीलाई भगाई फरार रहेका अवस्थामा निजलाई यस कार्यालयबाट खटीएको
प्रहरी टोलिले मिति २०८०पाैषा ३ गते कास्की जिल्लाको विजयपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतले थुनुवा कैदी भागे भगाएको मुद्दामा मिति २०७४ फागुन ९ गते मा फैसला गर्दै निज प्रतिवादी निमा लामालाई थप ९ बर्ष ६ महिना २० दिन कैद हुने समेत ठहर गरेको ब्यहोरा सूचित गरिन्छ ।साथै, फैसला कार्यान्वयनको लागि फरार प्रतिवादीहरू खोजतलास गर्ने क्रममा बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना वेरुजू रही फरार रहेका थप दुई जनालाई मिति२०८०/०९/०३ गते पोखरा कास्कीबाट पक्राउ गरी मिति २०८०/०९/०४ गते
सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको कुरा नेपाल प्रहरी प्रधान कायार्लय केन्द्रीय अनुसंधान ब्यूराे ले जनाएकाे छ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group