कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय चेतरादेईको वार्षिक सामाजिक परीक्षण सम्पन्न

मंसिर २२ , कपिलवस्तु जागरण (शत्रुघन खरविन्द )

कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय बुद्धभुमि १० चेतरादेईको वार्षिक सामाजिक परीक्षण कार्यक्रम आज सम्पन्न भएको छ। विद्यालयलेआर्थिक वर्ष २०७९/०८० को वार्षिक सामाजिक परीक्षण गरेकाे हाे ।आर्थिक वर्ष २०७९/०८० मा विद्यालयको कुल आर्थिक आय र व्यय ९९ लाख ६५ हजार ९ सय २३ रुपैया ६३ पैसा वरावरको विद्यालयका शिक्षाका राम सुरेन्द्र केवटले प्रस्तुत गर्नु भएको थियो ।विद्यालयमा कुल विद्यार्थी संख्या ८ सय ६ जना रहेका छन । जसमा बालक ४ सय ९ र बालिका ३ सय ९७ रहेका छन ।विद्यार्थी संख्या अनुसार न त शिक्षक छन न भाैतिक पुर्बाधार नै । विद्यार्थीहरूलाइ पठन पाठनकाेलागि काेठा काे समस्या र चर्पीकाे पनि अभाव रहेकाे कुरा विद्यालयले जनाएकाे छ । आर्थिक वर्ष २०७९/०८०मा विद्यालय २ सय ३५ दिन खुला भएकोमा २ सय २ दिन कक्षा संचालन भएका थियाे भने विद्यालयमा विभिन्न किसिमको अतिरिक्त क्रियाकलप पनि गरिएको थियो । विद्यालयमा आमा भेला , हजारीजबफ प्रतियोगित ,सरसफाइ तथा खेलकुद प्रतियोगित लगायत संचालन भएको थियो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक सामाजिक परीक्षण प्रतिवेदन शिक्षक सहजकर्ता रामसेवक यादवले प्रस्तुत गर्नुभएको थियो ।

सामाजिक परीक्षण प्रतिवेदनमा विद्यालयको १०० पुर्णङ्कमा सामाजिक परीक्षाण गरिएकोमा जसमा विद्यालयले ८३.५ पुर्णङ्क प्राप्त गरेको प्रतिवेदनमा यादवले उल्लेख गर्नुभएको थियो । प्रतिवेदन मर्फत शिक्षाक तथा शिक्षिकाको विदा कटौती गर्नु पर्ने , पुरानो भवन रहेका कक्षाकोठा मर्मत गर्नु पर्ने , सुझाव पेटिकको उपियोगिता बढाउनु पर्ने , विद्यार्थीको चाप अनुसार शिक्षाकाको दरवान्दी मिलन गर्नुपर्ने लगायत कुरा उहाँले सुझाव दिनुभएको थियो ।विद्यालयले ११ र १२ को कक्षा संचालन गरेकोमा शुभकामना दिदै विद्यालय संचालन गर्न सबैले आ–आफ्ना ठाउँबाट लाग्नु पर्नेमा वक्ताहरूकाे जाेड थियाे । शिक्षामा गुणस्तर बढाउनको लागि वडा बाट सक्दो सहयोग गर्ने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा सदस्य मेघानाथ केवटले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । शैक्षिक स्तर वृद्धि गर्न प्रविधिक शिक्षामा अगाडि बढाउन र खेलको मध्यम बाट बिद्यार्थी तथा विद्यालयलाई अगाडि बढाउन वडा बाट पुर्ण सहयोग रहने उहाँले बताउनु भयो । विद्यालय एउटा फुल जस्तै हो,यसलाई मालिको रुपम सबैले लागे मात्रै विद्यालयलाई अगाडि बढाउन सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद गुप्ता बताउनु भएको थियो । विद्यालयलाई अगाडि बढाउन अभिभावक ,शिक्षाका तथा विद्यार्थी आ–आफ्नो ठाउँबाट सहयोग गर्न अध्यक्ष गुप्ताले जोड दिनुभएको थियो । विद्यार्थी केन्द्रीत शिक्षा प्रदान गरिदिनु हुन शिक्षाका संग उहाँको आग्रह थियो ।

विषयगत शिक्षामा केन्द्रीकृत भएर शिक्षाको गुणस्तर अगाडि बढाउन शिक्षाका अभिभावक संघको अध्यक्ष सहबुद्दन मुसलमान आग्रह गर्नु भयो । कार्यक्रम विद्यालयका शिक्षाक अभिभावक संघ सहबुद्दीन मुसलमानको अध्यक्षता र विद्यालय व्यवस्थापन संघका अध्यक्ष राजेश कुमार गुप्ताको प्रमुख अतिथितमा कार्यक्रम भएको थियो । विशिष्ट अतिथिमा वडा सदस्य मेघानथा केवट रहनुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन संघका प्रतिनिधि , शिक्षाक ,अभिभवाक , शिक्षप्रेमी , विद्यार्थी ,पत्रकार लगायतको सहभागित रहेको थियो । कार्यक्रम संचालन विद्यालयका प्रधानाध्यापक परशु राम यादवले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक राम सुरेन्द्र केवटले गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group