
कपिलवस्तु जागरण
“दिगो बिकास लक्ष्य प्रतिको प्रतिबद्धता अपाङ्गता भएका ब्यक्तिकोअपनत्व र नेतृत्व सहितको एक्यवद्धाता ” भन्ने नाराका साथ आज ३२औं अपाङ्गता बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
यशोधरा गाउँपालिकाको आयोजना तथा दलित सामाजिक बिकास केन्द्र र यूनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र , करुना सेरचन लगायतका संघ संस्थाहरुको सहकार्यमा रैली , नाटक तथा अन्तरकृया कार्यक्रम गरिएको छ । यशोधरा गाउँपालिका वडा नं.३ बसन्तपुरमा उक्त कार्यक्रम गरिएको हो ।

करिब २ सय ५० जना को सहभागितामा भएको कार्यक्रममा सेवाग्राही तथा अपाङ्गता भएका ब्यक्तिहरुले पालिकाले ६ महिना देखी अपाङ्गताको कार्ड बितरण न गरेको , पहेलो र सेतो कार्डको औचित्य , अपाङ्गता भक्ताको सदुपयोग भए न भएको अनुगमन को अवस्था र अति अपाङ्ग भएकाहरुलाई हुयिल चेयरको ब्यवस्था लगायतका कुराहरुको अवाज उठाएका थिए ।
उठेका जिज्ञासाहरुको सम्बोधन पालिकाका सामाजिक बिकास अधिकृत कृष्ण नाथ पाण्डेयले गर्नु भएको थियो । कार्यक्रममा अपाङ्गताहरुको सवाललाई लिएर देखाईएको नाटकले सहभागिहरुलाई भाबुक बनाएको थियो । समाबेशी अपाङ्गता समूहका किसपाती कोरीको अपाङ्गता माथी गरिने ब्यवहार र शब्दले पुर्याउने चोट लाई लिएर गाएको गितले सबैलाई सोच्न बाध्य बनाएको थियो । ३२ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्नुको साथै समान वातावरण दिने प्रतिबध्यता पत्रमा हस्रताक्षर समेत गरिएको थियो ।

वडा नं. ३ का वडा अध्यक्ष सरिता त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा लुमिबनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय रहनु भएको थियो भने अन्य अतिथीहरुमा बिभिन्न वडाका वडा अध्यक्षहरु र दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष सुरजमती पासी लगायत रहनु भएको थियो । कार्यक्रममा सामाजिक बिकास अधिकृत कृष्ण नाथ पाण्डेयले अपाङ्गताको बिषयमा कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो । उहाँले यशोधरा गाउँपालिका २ सय ४८ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरेको कुरा बताउनु भएको थियो । कार्यक्रम दलित सामाजिक बिकास केन्द्रका वरिष्ठ परियोजना अधिकृत गोबिन्द धवलले संचालन गर्नु भएको थियो ।