सनशाईन द्धारा बालबिकास केन्द्र हस्तान्तरण

कपिलवस्तु जागरण
सनशाईन सामाजिक बिकास संस्था द्धारा आज एक बालबिकास केन्द्रको हरुतान्तरण गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं. ५ बभनी स्थित धर्मभक्त माध्यमिक बिद्यालयमा रहेको धर्मभक्त बाल बिकास केन्द्र को हस्तान्तरण गरिएको हो ।
सनशाईन सामाजिक बिकास संस्था र कान्छी फाउण्डेशन नेपालको सहकार्यमा निर्माण गरिएको धर्म भक्त बालबिकास केन्द्रको औपचारिक रुपमा बिद्यालयलाई हस्तान्रण गरिएको हो । चर्पी सहितको एक कोठे बालबिकास केन्द्रको पक्की भवन , बसाई ब्यवस्थापन , शैक्षिक सामाग्री , पानी ब्यवस्थापन सहित करिब २० लाखको लागानीमा सो केन्द्र तयार भएको कुरा संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताउनु भएको हो ।

भवन न हुँदा बालबालिकाहरुलाई अध्ययन अध्यापन गराउन समस्या भईरहेको कक्षा १ र बाल बिकास केन्द्रका बालबालिकाहरुलाई एकै ठाउँमा बसाल्नु पर्ने अवस्था थियो । अब बाल बिकासका बालबालिकाहरुलाई आवश्यक चाहिने बालबिकास भवन , शैक्षिक सामाग्री र सोही अनुसारको वातावरण बालबालिकाहरुले पाएको कुरा बिद्यालयका प्रधानाध्यापक सरिता चौधारीले बताउनु भएको छ ।
त्यसै गरी वडा अध्यक्ष दिरेप चौधरीले सनशाईन सामाजिक बिकास संस्था संग दक्षिणी क्षेत्रको शैक्षिक अवस्थाको सुधार गर्नको लागी गरेको अग्रह अनुसार यस वडा भित्रको त्रिभिन्न बिद्यालयहरु गरी ३ वटा गुणस्तरिय सुबिधयुक्त बालबिकास केन्द्र निर्माण गरीसकेको कुरा दर्शाउनु भएको थियो । बालबिकास केन्द्रको उदघाटन कान्छि फाउडेशनका प्रतिनिधी नेदरल्यण्ड नागरिक सना ले गर्नु भएको थियो ।


बालबालिकाहरुको शैक्षिक बिकासको लागी पुर्बाधारको अवश्यक्ता पुरा भएको र अब उहाँहरुको शैक्षिक, सामाजिक र संबेगात्मक बिकास गर्ने जिम्मा शिक्षक र अभिभावकहरुको हाथमा रहेको कुरा संस्थाका पुर्ब अध्यक्ष परशु राम यादवले बताउनु भएको थियो । त्यसै गरी कपिलवस्तु अस्पताल बिकास समितीका अध्यक्ष एव संस्थाका पुर्ब अध्यक्ष शिवलाल यादवले संस्थाले समन्वय गरी निर्माण गरेको यस बाल बिकास केन्द्रको रेखदेख , ब्यवस्थापन र बालबालिकाको सुनौलो भविश्य निर्माण गर्ने जिम्मेवारी यहाँको शिक्षकहरुको हाथमा रहेको बताउनु भएको थियो ।


हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , शिक्षक , बिद्यार्थी , वडाध्यक्ष , संस्थाका सदस्यहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ को अध्यक्षता कान्छी फाउण्डेशनका प्रतिनिधी सनाको प्रमुख अथिथ्यतामा भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group