( वडा अध्यक्ष राज किशाेर यादव )
कपिलवस्तु जागरण
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७ मा पर्ने अजिगरा ताल अहिले संरक्षण र प्रबद्र्धनको अभावमा त्यसको हैसियत संकटमा पर्दै गएको छ ।
कपिलवस्तुको दक्षिण्ी क्षेत्रमा रहेका तालहरु मध्येको अजिगरा ताल ठूलो तालको रुपमा परिचित छ । बहुउपयोगी तालको रुपमा रहेको यो तालको संरक्षण र सम्बद्र्धन गर्न सके त्यस क्षेत्रको आन्तरिक श्रोतको साथै प्रर्याटकिय स्थलको रुपमा पनि बिकास गर्न सकिने छ ।
स्थानियहरुको भनाई अनुसार यसै ताल बाट तिन्नी धानको उत्पत्ती पनि भएको हो । तिन्नी धानको चामल महगोमा बिक्ने र बर्तहरुमा प्रयोग गरिने गरिन्छ । यस तालमा बिभिन्न प्रजातीका चरा चुरुङ्गी , कछुवा , स्थानिय प्रजातिका माछाहरु , कमल , जडीबुटीहरु पाईने गरिन्छ । पर्याटकिय संम्भावना बोकेको यस तालको बिकास गर्न सके त्यस क्षेत्रकै बिकसमा बृद्धिहुन सकिने धेरै सम्भावनाहरु रहेका छन । करिब पक्की २५ बिगहा क्षेत्र फलमा यो ताल रहेको छ । कर्मा र अजिगरा गाउँको बिचमा यो ताल अवस्थित छ ।
पर्याटन प्रबद्र्धन मार्फत बिकासका अनेकौ सम्भावना बोकेको यस ताल प्रति कृष्णनगर नगरपालिकाको बेवास्ता देखिएको छ । अहिले सम्म यस तालमा पालिकाको लगानी शुन्य रहेको छ । ताललाई ब्यवस्थापन गर्न सके त्यस क्षेत्रका किसानहरुको लागी चाहिने पानीको अभाव पनि हट्न सक्छ र किसानको कृषिकार्यहरु पनि फस्टाउने सम्भावना देखिन्छ ।
अजिगरा तालको संरक्षण , प्रबद्र्धन र बिकासको बारेमा कृष्णनगर नगरपालिका वडा अध्यक्ष राज किशोर यादवले नगरपालिकाको लगानी न भएपनि यस बर्ष वडा स्तरबाट त्यसको बिकासको लागी पिकनिक स्पोर्टको रुपमा अगाडी बढाउने आफ्नो योजना रहेको बताउनु भएको हो । तिन्नी धानको उद्गम स्थलको रुपमा परिचित यस तालमा तिन्नी धानलाई पनि एक क्षेत्रमा ब्यवस्थित गरि राख्नु पर्ने अवश्यक्ता पनि देखिएको उहाँले बताउनु भयो ।