शिक्षक सहजकर्ताहरुको लागी पुनरताजगी तालिम

कपिलवस्तु जागरण
शिक्षण सिकाई प्रकृया प्रभावकारी बानाउनकोलागी बिद्यालयका शिक्षक सहजकर्ताहरुको लागी पुनरताजगी तालिम भएको छ । मायादेबी गाउँपालिका भित्र रहेका बालबिकास केन्द्र र कक्षा १ का सहजकर्ताहरुको लागी पहिलो चरणमा ४६ जना शिक्षक सहजकर्ताहरुलाई २ दिने कृयाकलापमा आधारित शिक्षण शिकाई पुनरताजगी तालिम आज सम्पन्न भएको हो ।
तालिम शनसाईन सामाजिक बिकास संस्थाको आयोजना र युनईटेड मिशन टु नेपालको सहयोगमा भएको हो । तालिमको सहजीकरण संस्थाका वरिष्ठ शिक्षा सहजकर्ता सुग्रिम यादवले गर्नु भएको हो । मंशिर १२ गते देखी १५ गते सम्म चल्ने तालिमको पहिलो चरणको २ दिने तालिमा आज सम्मपन्न भएको हो ।

तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा उतार्ने र बालबालिकाहरुको मानसिक , शारीरिक र संबेगात्मक बिकासमा सहयोग पुर्याउने किसिमका शैक्षिक वातावरण को निर्माण गर्ने कुरा सहभाथीहरुले बताएका छन ।तालिम छत्रपाली तिर्था देबी माध्यमिक बिद्यालय पकडीमा भएको हो । दोस्रो चरणको तालिम भोली १४ गते देखी २ दिन पुनस् चल्ने कुरा आयोजक संस्थाका भोरिक केवटले बताउनु भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group