रोजी रोज कय

कपिलवस्तु जागरण

“रोजी रोज कय” भन्नु हुन्छ ४५ बर्षिय राम कुमार यादव । मौसमी रोजगारी गर्नु भन्दा दैनिक रोजगारी (रोजी रोज कय) कैयौं गुना बढी फायदा जनक हुन्छ । उमेरले करिब ४५ बर्ष पार गरी सकेका यादव महराजगंज नगरपालिका वडा नं. ६ कंचनिया नदी नजिक सानो चिया तथा पान पसल गरी जिविका निर्वाह गर्दै आईरहेका छन्
करिब १० बर्ष देखी उहाँ त्यस ठाउँम सानो ब्यवसाय गरी बसीरहेका छन् । अरुको ज्याल मजुरी गर्नु भन्दा थोरै आम्दानी भएपनि दैनिक रोजगारीमा जुटेका छन । उहाँ भन्नु हुन्छ यही सानो चिया र पान पसलबाट दैनिक कम्तीमा ५०० सय कमाउँछु , साहु बनेर बसेको छु । कसैको ज्याल मजुरी गर्न जानपरेको छैन ,काममा अबेला किन आइस भनेर गाली पनि खान परेको छैन । बरु मैले नै अरुलाई उधारो दिएर सम्मान साथ बसेको छु । ठूलो भलवारी बस्ने राम कुमार यादव को ३ जनाको परिवार यसैबाट चलेको छ ।


न कर्जा लिनु पर्ने न खासै बैंकमा जम्मा गर्नु पर्ने तर परिवार र ब्यवहार राम्रै संग चलिरहेको अनुभव सुनाउँछन राम कुमार । उहाँ यही सानो ब्यवसयमै खुशी को अनुभुति गरेका छन । ब्यवसायले मलाई सम्मान दिनु को साथै सम्बन्ध बिस्तारको अवसर पनि दिएको छ । मान्छे संग सम्पत्ती भएर मात्र हुदैन सम्बन्ध पनि हुन पर्छ । यही सानो चिया तथा पान पसलले ठूला बडा बिभिन्न ब्यक्तिहरु संग नजिक हुने अवसर दिएको छ ।


उहाँले अन्य मौसमी कमादारहरुलाई रोपाई र कटाई सकिएपछि चौक चोराहामा गफिनु को साटो थोरै ज्याला भएपनि दैनिक ज्यालादारी मा जोडिदा फाइदा हुने बताउँछन । मान्छे काममा ब्यस्त भएपछि न अरुको बारेमा कुरा गर्ने फुर्सद हुन्छ , न फाल्तु काममा दिमाग जान्छ , झै भगडा बाट पनि जोगिन्छ ,उहाँ कोे बिचार रहेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group