कपिलवस्तु जागरण
कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ मा पहिलो पटक बालिका सशक्तिकरणको लागी दौड प्रतियागिता भएको हो । प्रतियोगितामा वडा नं.४ का बालिकाहरुले सहभागीता जनाएका थिए ।
स्थानिय जनकल्याण यूवा कल्बको आयोजना ,सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहयोग साथै मायादेबी गाउँपालिकाको समन्वयमा प्रतियोगिता भएको हो । १ सय मिटर र ३ सय मिटर दौडमा प्रतिस्पर्धा गराईएको थियो ।प्रतियोगितामा प्रथम , दुतिय, तृतिय र सन्तावना स्थान हासिलगरेकी प्रतियोगी बालिकाहरुलाई ट्राफी र प्रमाण पत्र संयुक्त रुपमा बितरण गरिएको थियो ।
१०० (एक सय) मिटरको दौडमा सीमा जैसवाल प्रथम, पुनिता लोध दुतिय, सिल्भी कुमारी कोहार तृतिय र फुलकुमारी पासी ,राधा कुमारी चौधरी ,रासिदा खातुन सन्तावना स्थान प्राप्त गरेकी थिइन भने ३००(तीन सय )मिटरको दौडमा तारामती यादव प्रथम अनिषा लाेध.दुतिय, रीनु यादव .तृतिय स्थान प्राप्त गरेकी थिइन भने सन्तावना पुरस्कार पुजा धवल , पुनम चौधरी र निलम यादवले प्राप्त गरेकी थिईन ।प्रतियाेगिता यही कार्तिक २० गते भएकाे हाे ।
पुरस्कार बितरण गर्दै मायादेबी गाउँपालिका अध्यक्ष वलिउद्धीन मुसलमानले बिजयी खेलाडीहरुलाई धन्यवाद दिदै शिक्षा हाँसिल गर्नुको साथै स्वास्थ्यको लागि खेलकुद पनिआवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष असफाकअहमद मुसलमान , वडा सदस्य हृदयराम यादव , सनशाइन सामाजिक बिकास संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ , जनकल्याण यूवा कल्बका अध्यक्ष मोहम्मद खालिद खान लगायतको उपस्थिती रहेको थियो । यस क्षेत्रमा यसरी बालिकाहरुको शसक्तिकरणको लागि दौड गराईएको पहिले उदाहरण रहेको कुरा दर्शकहरुले बताएका छन् ।