पर्याटन बिकास संगै आर्थिक बिकासमा चिया चर्चा

कपिलवस्तु जागरण
कपिलवस्तुमा पर्याटन बिकास संगै आर्थिक बिकास गर्नकाे लागि चौक, चौराहा ,चिया पसलमा चिया चर्चा हुन जरुरीछ । पर्याटन बिकासको प्रचुर मात्रामा सम्भाब्यता बोकेको कपिलवस्तुको आर्थिक बिकासको लागी ठाउँ ठाउँ , गाउँ गाउँ बाट चर्चा हुनु पर्ने देखिएको छ । त्यसको लागी स्थानिय सरकार , नागरिक समाजको अगुवाई हुनुपर्नेमा एक कार्यक्रम बीच जोड दिईएको छ ।
आज प्राचिन कपिलवस्तु राजा शुद्धोधनको राजधानी तिलौराकोट दरबारबाट यस्तो चर्चाको शुरुवात भएको छ । कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल , सोटस सुत्र संस्थाका अध्यक्ष राम अचल यादव र कान्तिपुर दैनिक का संचारकर्मी वरिष्ठ पत्रकार मनोज पौडेल लाई प्रमुख वक्ताको रुपमा राखी कपिलवस्तुमा पर्याटन बिकास ः आर्थिक दृष्ठिकोण को बिषयमा खुल्ला बहस गरिएको थियो । जसको सहजीकरण युवा अधिकारकर्मी संजय पासीले गर्नु भएको थियो ।

बहस कपिलवस्तुको पुरातत्विक स्थलहरुको बिकास संगै आर्थिक बिकास, युवाहरुको रोजगारी संग जोडिएको थियो । कार्यक्रममा बोल्नै अन्य वक्ता सहभागीहरुले कपिलवस्तुको बिकासको लागी छुट्टै कपिलवस्तु बिकास कोष गठन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसै गरी वरिष्ठ संचारकर्मी मनोज पौडेलले हामी संग भएका केही यस्ता सम्पत्तीहरु रहेका छन जसको ब्रण्डिंग गरेमा यहाँको महत्व अझै बढेर जाने कपलिवस्तु नगरपालिका लाई सुझाव दिनु भएको थियो । चराहरुमा अति सुन्दर जगदीशपुर तालमा नेपालमै सब भन्दा बढी पाईने चरा जल अफ्सरा , पानी बिरालो र अन्य अशोक स्तम्भहरु मध्येपहिला पत्ता लागेको निगालीको अशोक स्तम्भ हो । जुन १८९३ तिर पत्ता लागेको हो। यसलाई ब्राण्डिंग गर्न जरुरी रहेको बताउनु भएको थियो ।


त्यसै गरी लोटस सुत्र का अध्यक्ष राम अचल यादवले यस क्षेत्रको बिकासको लागी तीन तहकै सरकार, गैर सरकारी संस्थाहरु , निती निर्माताहरु संग संगै काम गरेमा बिकास सम्भव रहेको बताउनु भयो ।साथै स्थानिय ठाउँको बिकासको लागी स्थानिय तह नगरपालिकाले बिभिन्न क्षेत्रबाट योगदान दिन सक्ने दक्ष जनशक्तिहरुको एउटा अधिकार सम्पन्न टीम दिन सके बिकास प्रकृया केही खगाडी बढन सकिने बताउनु भएको थियो ।
त्यसै गरी कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेलले बिभिन्न जिज्ञासाहरुको सम्बोधन गर्दै अब उपरान्त पर्याटन सम्बद्र्धन र बिकास को क्षेत्रमा काम गर्नको लागी पालिकाले अधिकार सम्पन्न समिती गठन गरी सो समिती मार्फत अगाडी बढ्ने प्रतिबध्ता ब्यक्त गर्नुभएको हो । कार्यक्रम लाेटस सुत्र काे सहयाेगमा भएकाे हाे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group