छठ पर्बको घाट ब्यवस्थापनमा जुटे अस्फाक

कपिलवस्तु जागरण
कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले छठ पर्बलाई ब्यवस्थित रुपमा मनाउनको लागी ताल तथा पोखरीहरुको घाट ब्यवस्थापनमा जुटेका छन ।
आज आईतवार साँझ हिन्दु श्राद्धालु भक्तजनहरुले अस्ताउँदो सुर्यलाई ताल पोखरी तथा जलाशयहरुमा गएर अर्घ दिने र भोली बिहान सोमवार पनि उदाउँदो सुर्य लाई अर्घ दिएपछि बर्त सकिन्छ । भक्तजनहरुले सहजरुपमा तलाउ तथा पोखरीमा गई भक्ति भजन गरी आफ्नो मनोकामना पुरा गरुन भन्ने उद्धेश्यले घाट ब्यवस्थापनमा लागेको वडा अध्यक्ष अस्फाक मुस्लमानले बताउनु भयो ।त्यसै गरी वडा कार्यलयको सकृयतामा चाकरचौडाको पोखरीमा घाट ब्यवस्थापन गरीएको कुरा वडा सदस्य हृदयराम यादवले बताउनु भएको छ ।
कपिलवस्तुमा पनि हरेक बर्ष छठ पर्ब मनाउनेहरुको संख्या तिब्र गतिमा बढिरहेको छ । करिब १० बर्ष पहिले एक दुई जना बाट शुरुगरिएको यो पर्ब अहिले कपिलवस्तुमा दशौं हजारले मनाईरहेका छन् । पुर्बका जिल्लाहरुबाट नोकरी तथा ब्यवसयका लागी आएका ब्यक्तिहरुबाट कपिलवस्तुमा यस पर्बको सुरुवात भएको जानकारहरु बताउँछन् ।


बाणगंगा नदीको राम घाट , तौलिहवाको जमुवार नदी ,कृष्णनगरको सेमरा पोखरी लगायतका ताल तलैया तथा नदीका घाटहरु सिंगारिइका छन । ठाउँ ठाउँमा पंडाल लगाईएको छ । भक्तजनहरुको भिडभाड हुने क्रम जारी छ । आज राती घाटहरुमा भजन कृतन गरी भक्तजनहरु जाग्रामा पनि बस्ने गर्छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group