
कपिलवस्तु जागरण
कपिलवस्तु अस्पताल बिकास समितीको अध्यक्षमा सामाजिक अभियन्ता शिवलाल यादव पुन ः चयन भएका छन् । यस भन्दा पहिला पनि १७ महिनाको कार्यकाल अवधी सकिएर उहाँलाई पुन ः लुम्बिनी प्रदेश सरकारले कपिलवस्तु अस्पतालको बिकासको लागी मनोनयन गरी पठाएको छ ।
उहाँलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको कार्तिक २३ गतेको निर्णयले मनोनयन गरेको छ । कपिलवस्तु अस्पतालमा आज एक कार्यक्रमको आयोजना गरी उहाँलाई स्वागत गरिएको छ । अस्पतालका मे .सु . डा. बिपिन जैसवालको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा जनता समाजबादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खान को प्रमुख अतिथ्यताम कार्यक्रम भएको हो । कार्यक्रमका अन्य अतिथीहरुमा , जसप पार्टीका केन्द्रिय सदस्य साधिका यादव रहनु भएको थियो । त्यसै गरी स्वागत कार्यक्रममा अस्पतालका अन्य डाक्टर तथा कर्मचारी हरुको उपस्थिती रहेको थियो ।

कपिलवस्तुको दक्षिणी क्षेत्रमा सिमित श्रोत र साधनहरुका बीच पनि कपिलवस्तु अस्पतालले नागरिकहरु लाई दिईरहेको सेवा अझै प्रभावकारी बनाउनेमा अध्यक्ष , डाक्टर र अन्य कर्मचारीहरुको साझा प्रतिबध्यता रहेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले अस्पतालको बिकासको लागी आफु सदैव तयार रहने र अस्पतालका कर्मचारीहरु संगै हातेमालो गरी अगाडी बढ्ने बताउनु भएको छ ।