उदाउँदो सुर्यलाई अर्घ दिएपछि छठ पर्बको समापन

कपिलवस्तु जागरण
उदाउँदो सुर्यलाई अर्घ दिएपछि औपचारिक रुपमा छठ पर्बको समापन भएको मानिन्छ । सोही अनुसार आज बिहान बिधीपुर्बक श्राद्धालु भक्तजनहरुले पबित्र ताल तलैया र नदीहरुमा गई उदाउँदो सुर्यलाई अर्घ दिएर पुजा पाठ गरी छठपर्बको समापन गरेका छन । उहाँहरुले हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ चठाएका थिए ।

सुख, शान्ति तथा पुत्रलाभको कामना सहित छठ पर्बलाइ र्धैरैले अगाल्दै आएका छन । हिजो बिहानै देखी छठ पर्बलाई ब्यवस्थित रुपमा मनाउनकोलागी नदी ,ताल तथा पोखरीहरुको घाट ब्यवस्थापनमा श्रद्धालुहरु जुटेका थिए । भक्तजनहरु रातभरी भजन कृतन गरी छठ पर्बलाई मनाएका छन् । यो पर्ब बिस्तारै सबैको साझा पर्बको रुपमा बिकसित हुदै गएको छ ।

कपिलवस्तुमा पनि हरेक बर्ष छठ पर्ब मनाउनेहरुको संख्या तिब्र गतिमा बढिरहेको छ । करिब १० बर्ष पहिले एक दुई जना बाट शुरु गरिएको यो पर्ब अहिले कपिलवस्तुमा दशौं हजारले मनाईरहेका छन् । पुर्बका जिल्लाहरुबाट नोकरी तथा ब्यवसयका लागी आएका ब्यक्तिहरुबाट कपिलवस्तुमा यस पर्बको सुरुवात भएको जानकारहरु बताउँछन् ।


बाणगंगा नदीको राम घाट , तौलिहवाको जमुवार नदी ,कृष्णनगरको सेमरा पोखरी , घाेराही नाला लगायतका ताल तलैया तथा नदीका घाटहरु सिंगारिइका थिए । ठाउँ ठाउँमा पंडाल लगाईएको थियो । राती घाटहरुमा भजन कृतन गरी भक्तजनहरु जाग्रामा पनि पनि बसेका थिए । दिदी बहिनीहरूले माइतमा अाएर ब्रत बस्ने चलन रहेकाे छ । यसरी मधेशमा छठ पर्ब प्रमुख पर्बकाे रूपमा बिकिसत हुँदै गएकाे छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group