कपिलवस्तु जागरण
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र खाल्डोमा गैंडा पारी खाग काटि चोरी मुद्दा लगेको वन्यजन्तु कसूर मुद्दामा फरार एक प्रितवादी २५ बर्षा पछि पक्राउ परेका छन । गोरखा जिल्ला साविक आरुपोखरी गा.वि.स. वडा नं. २ स्थायी ठेगाना भई हाल जिल्ला चितवन कालिका न.पा. वडा नं. २ बस्ने बर्ष ४४ को यम बहादुर बानियाँ पक्राउ परेक हुन ।उनी २०५५ साल कार्तिक २८ गते देखी फरार थिए ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको मिति २०५७।१०।२५ गतेको फैसलाले १०(दश) वर्ष कैद र रु. १,००,०००/- (एक लाख रुपैंया मात्र) जरिवाना ठहर भई सो सजाय वेरुजू रही हाल सम्म फरार रहेका बहादुर बानियाँ प्रतिवादीलाई मिति २०८०।०६।०७ गते केन्द्रिय व्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर न.पा. वडा नं. १० चौबिसकोटी चोकबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा, चितवनमा बुझाईएको कुरा केन्द्रिय व्यूरोले जनाएकाे छ।