डा. महेश्वर प्रसाद यादव
म समानताको पक्षमा
म बिभेदको बिरोधमा
म सामाजिक न्यायको पक्ष्मा
त्यसैले मेरो सोच गलत छ
म एकात्मक राज्यको पक्षमा
म संघियताको पक्षमा
म धार्मिक राज्यको विपक्षमा
म धर्म निरपेक्षताको पक्षमा
त्यसैले मेरो सोच गलत छ
म समावेशिताको पक्षमा
म समताको पक्षमा
म झुटो समानताको बिपक्षमा
म सामन्ती संस्कृतिको विपक्षमा
त्यसैले मेरो सोच गलत छ
म बिबिधताको पक्षमा
म गरीब र दलितको पक्षमा
म छुवाछुत र कुरितिको विपक्षमा
म पाखन्डको विपक्षमा
त्यसैले मेरो सोच गलत छ
म अन्धविस्वासको विपक्षमा
म सबैको जिवन बचाउने पक्षमा
म निरर्थक प्रपंचको विपक्षमा
म सार्थक प्रयत्नको पक्षमा
त्यसैले मेरो सोच गलत छ
म मानवतालाई धर्म मान्छु
म घुमाउरो होइन सिधा बोल्छु
म संस्कृतिमा सुधार चाहन्छु
म गलत परम्परालाई त्याग्न चाहन्छु
त्यसैले मेरो सोच गलत छ
म मान्छेलाई मान्छे मान्छु
म तडकभडकको पछाडी लाग्दिन
चाहे धोती लाएको होस, लुंगी लाएको होस
वा फाटेको लुगा लाएको होस
मलाई उसँग बस्न लाज लाग्दैन
उसँग बसेर खान लाज लाग्दैन
त्यसैले मेरो सोंच गलत छ
म सबै पहिचानलाई सम्मान गर्छु
म सबै लिंगलाई सम्मान गर्छु
म महिलालाई भोगको साधन मान्दिन
म सबै भाषाभाषिको सम्मान गर्छु
त्यसैले मेरो सोच गलत छ
म भिडको भाषा बोल्दिन
म गोबरलाई गुड भन्दिन
म कर्मकान्डलाई सत्य मान्दिन
म सबै इन्सानलाई समान भन्छु
म हिन्दु र मुसलमान गरेर हिड्दिन
त्यसैले मेरो सोच गलत छ
म बोलिमा खरो छु
म तर्कमा पनि दरो छु
म कसैले भनेको भरमा हिड्दिन
म मानेर होइन, जानेर हिड्छु
आफ्नो होस वा पराई
म किन्तु र परन्तु गर्दिन
त्यसैले मेरो सोच गलत छ
म आफ्नो मातृभाषा बोल्न लाज मान्दिन
म आफ्नो समुदायसँग हिड्न लाज मान्दिन
म बच्चा, युवा, बृद्ध सबैलाई
समान रुपले सम्मान गर्छु
त्यसैले मेरो सोच गलत छ
म मन्दिरमा पुजा गर्नु भन्दा
मानव सेवालाई असली पुजा मान्छु
म गरीब, असहायको सहयोगलाई
असली दान र पुन्य मान्छु
म स्वर्ग र नर्कलोकमा विस्वास गर्दिन
त्यसैले मेरो सोच गलत छ
म यतिसम्म गलत छु
सबै गन्ती गन्न थालें भने किताब बन्छ
तर म अझै गल्ती गर्दा गर्दै थाक्दिन
म मेरो सोचलाई अझै गलत बनाउँछु
म यहि गलत बाटोमा हिड्न चाहन्छु
म यस्तै गलत सोंच फैलाउन चाहन्छु
म यस्तै गलत साथी बढाउन चाहन्छु
म माथि कोहि हाँस्छ भनेर डराउँदिन
म त एक निर्लज्ज मान्छे
त्यसैले मेरो सोच गलत छ…त्यसैले मेरो सोच….