ढडिहवा वासीले गरे थारु पितृ पुजा बिर्सजन

कपिलवस्तु जागरण
बुद्धभुमि नगरपालिका वडा नं. १० ढडिहवा स्थित थारु समुदायले आफ्नो धार्मिक परम्परा अन्तरगत पितृ पुजा बिर्सजन कार्यक्रम आज सम्पन्न गरेका छन । थारु समुदायका मानिसहरुले दशैंको नौं दिन सम्म पितृहरुको पुजा आज गर्ने कार्यक्रम गर्ने गर्दछन ।
आज नवमीको दिन चौधरी श्रीमान श्रीमती समूह ढडिहवाले एक बिशेष कार्यक्रमको आयोजना गरी पितृ बिर्सजन कार्यलाई सम्पन्न गरेका छन् । चौधरी श्रीमान श्रीमती समूहका अध्यक्ष रत्ती राम थारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा बुद्धभूमि वडा नं. १० का वडा अध्यक्ष सन्दीप कुमार पाण्डेय रहनु भएको थियो भने अन्य अतिथिहरुमा वडा सदस्य मेघनाथ केवट र सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादव रहनु भएको थियो । कार्यक्रमको संचालन राम औतार थारु ले गर्नु भएको थियो भने स्वागत मनतब्य मन्जु थारुले दिनु भएको थियो । बुद्धभूमि १० को सहयोग र चौधरी श्रीमान श्रीमती समूहको आयोजनामा कार्यक्रम भएको हो ।


कार्यक्रममा बोल्दै अतिथी तथा प्रमुख अतिथीले परम्परा जोगाउनु आजको आवश्यक्ता भएको र हामी बिभिन्न बहानाहरुमा अन्य रीतिरिवाजहरुलाई ग्रहण गर्दे गईरहेका छौ , तर अफ्ना परम्पराहरुलाई हामीले बचाउन सकेनौ भनै हाम्रो सभ्यता र संस्कृतिको लोप हन्छ । हाम्रो पहिचान संकटमा पर्दछ । त्यसले गर्दा पनि आफ्नो संस्कृति , सभ्यता र रितीरिवाज लाई प्रबद्र्धन गर्नु पर्दछ । जुन आज चौधरी श्रीमान श्रीमती समूहले गरेको छ ।


आजको दिन थारु समूदायले आफ्नो परम्परा , संस्कृति अनुसारको खाने परिकार पकाई , थारुपहिरनमै महिला तथा पुरुषहरुले पबित्र जलासयहरु नदी , नाला तथा पोखरीहरुमा लगेर पितृ बिर्सजन गर्ने गर्दछन । त्यसै किसिमले ढडिहवाबासीहरुले पनि गाउँबाट बाजा गाजा सहित पबित्र बाणगंगा नदीको रामघाटमा पितृ बिर्सजन गरेका हुन। पितृ बिर्सजन पछि उनीहरुले पकाएर लगेका थारु परिकारहरुलाई सोही स्थानमा सामुहिक रुपमा ग्रहण गरी पितृ बिर्सनकार्यलाई सम्पन्न गरेको कुरा समूहका अध्यक्ष रत्तिराम थारुले बताएका छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group