आडम्बर, अन्धविश्वास र हुल्लडबाजले थिचिदै मधेश ।

परशुराम यादव

मधेशमा अधिकारका कैयन अन्दोलन अन्दोलन भए र मधेशी नागरिकले आशिंक रूपमा भए पनि केही उपलव्धी प्राप्त गरेका छन् । सानो भएपनि मधेश प्रदेश पाएका छन् । नागरिकताको सवाल पनि केही हदसम्म हल हुँदैछन् । समानुपातीक र समाबेशी सिद्धान्त पश्चात शासन सत्तामा भागेदारीको विषय पनि प्रगति पथमै गएको देखिन्छ । मधेशका नेताहरु पूर्ण निर्णायक तहमा नपुगे पनि महत्वपूर्ण स्थानमा पुगेका छन् । तर मधेशमा समाजिक विकृति, विसंगति, आडम्बर र अन्धविश्वास बढेकै बढेछन् । संसद, सदन र राजनीतिक दलका नेताहरु सामाजिक समस्या खासगरि धार्मिक समस्याप्रति मौन बसेका छन् । भारतमा हिन्दू कट्टरपंन्थी पार्टी, भारतीय जनता पार्टी सत्तामा आएदेखि धार्मिक अतिबाद बढेको छ । त्यसमा पनि भारतको उत्तर प्रदेशमा भगवाधारी आदित्यनाथको सत्तामा आगमसँगै हिन्दुत्वको प्रभाव मधेशमा जवरजस्त रूपमा बढेको देखिन्छन । सिमावर्ती क्षेत्रको घटनाले नेपालको मधेश वा भारतको उत्तरप्रदेश र बिहारको निर्वाचनमा निकै प्रभाव पर्ने गरेका छन् । निर्वाचनको समयमा संसारको जहाँपनि तमाम तिकडम लगाइ निर्वाचन आफनो पक्षमा पर्ने प्रयास गरिन्छ जसमा भारत र नेपाल अरुभन्दा अगाडि नै हुन्छन । नेपालको हरेक क्षेत्रको सवालमा भारतको प्रत्यक्ष अप्रत्यक्ष रुपमा जवरजस्त प्रभाव पर्ने कुरालाइ कसैले पनि इन्कार गर्न सक्दैन । आउँदो बर्ष  भरतमा लोकसभाको निर्वाचन छ त्यसकारण मधेशमा यस्ता किसिमका घटना परिघटना हुन्छन् । त्यसमा सवै जना चनाखो हुन जरुरी छ ।

धर्मनिर्पेक्षता स्वीकार गरेका दलहरु मौन रहनु र संबिधान सभाको निर्वाचनमा प्रत्यक्षमा एक शिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी धfर्मिक कट्टरता मार्फत धर्म निर्पेक्षताको सवालमा बारम्बार भावना भडकाउने काम गरेर आगोमा घिउ थप्ने काम गरेको छ । समाजले ताली लगाउनु र सरकार मौन बस्नु आफैमा एउटा रहस्य नै हो । नेपाली कांग्रेसका नेता एवं उद्दोगपति बिनोद चौधरी बिबादित धर्मगुरु धिरेन्द्र शास्त्रीलाइ आमन्त्रित गरि हनुमान कथा गराउनु तिनैलाइ नेपालको गृहमन्त्री नारायण काजी श्रेष्ठ होटलमा भेटनु आदि इत्यादि पनि रहस्यम नै छन् । रामकथा बाचक मुरारी बापू छ महिनामा दुइदुइ पटक नेपालमा कथा बाचन गर्न नेपाल आउनु र त्यसमा पनि ठाउँ लुम्बिनीलाइ नै छान्नु पनि रहस्य हो ।

अव प्रश्न उठन सक्छन, बहुसंख्यक हिन्दू राष्ट्रमा हिन्दू गुरु आउनै नहुनु हो र ? के अब हिन्दूहरुले राम र हनुमान कथा सुन्न अनुमति लिनु पर्ने ? बहुसंख्यकको धर्म गुरु आउँदा अल्पसंख्यकहरुले बहुसंख्यकमाथि औंला ठड्रयाउन हिम्मत कसरी गरे ? हिन्दू समाजको हरेक गतिविधिमा खुलेआम विरोध किन ? हिन्दूकै बौद्धिक बर्ग इसाइहरुसँग पैसा लिएर बिकेको हो ? डलर नपाए आफनो धर्म संस्कृतिको कसैले किन बिरोध गर्ला त ? आदि इत्यादि प्रश्न उठेका छन । बिगत केही बर्षयता हिन्दू धर्म खतरामा परेको रोइलो गर्दै यी र यस्ता तर्कसँगै समाजिक संजालमा गालि गलौज गर्ने हरकतमा समेत उत्रेका छन् हिन्दू कट्टरपन्थीहरु।

अरुको जहिले पनि खेदो खन्ने हामी सनातनी भन्ने हिन्दूहरुले कहिले पनि छातीमा हात राखेर आफनो समिक्षा गर्न जानेनौं । आफनो अन्तरअत्माको अवाजलाइ सुन्न र मनन गर्न कहिलै प्रयास गरिएन । देशमा अस्सी प्रतिशत हिन्दू रहेकाको धर्म खतरामा छ भन्यो तर दुइचार प्रतिशतमात्र हुनेहरुको बारेमा सोचेनाैं ।  तर एउटा कुरा के बुझेनाैं भने कुनै पनि धर्म संस्कृति अरुधर्मको कारणले खतरामा पर्दैन् बरु आफ्नै धर्मको कारणले खतरमा पर्न सक्छ ।

आन्तरिक बिभेद, दलन, उत्पिडन, अन्धबिश्वास, पाखण्डको कारणले आफ्नै धर्मका अनुयायीको चौतर्फी रूपमा आकर्मण भइरहेका छन् । धर्मका अनुयायीहरु विभिन्न पन्थ खडागरि सुधारका कार्यक्रम संचालन गरिनै रहेका छन यद्पि तिनमा केहि सुधार हुन जरुरी देखिन्छ । हिन्दू धर्मभित्र रहेका कमि कमजोरीमाथि आजमात्रै प्रश्न उठन थालेको होइन ।

चरवाक, कवीरदास, प्रेरियार स्वामी, ओशो रजनीश, जय गुरुदेव जस्ता समाज सुधारक अध्यत्मिक गुरुहरुले धेरै पहिलेदेखि आन्तरिक सुधारका सम्बन्धमा आवज उठाउँदै आएका हुन् । तर सुधार गर्नु कहाँ हो कहाँ उनीहरुलाइ दानवीकरण गर्ने प्रयास गरिए ।

अदृष्य शक्तिलाइ समेत परमात्मा मान्न तयार नहुने एक्कइसौं शताब्दी चलिरहेको छ जब कि हामीकहाँ अमुक जाती, पेशा वा बस्तुलाइ भगवान मानेर महिमा मन्डन गर्नु गर्नु परिरहेको छ ।

शिक्षा, बेरोजगारी, अचेतना र गरीबी नै अन्धबिश्वासको उर्वरभूमि मानिन्छ जुन हामीकहाँ प्रसस्तमात्रामा पाइन्छ । लगभग सवै जसो अन्धबिश्वास कुनै न कुनै धर्मसँग जोडिएका हुन्छन् । धर्मले बनाएको मिथ्कसँग जोडेर अभ्यास गरिने गरिएका छन । मिथ्यककै कारणले मानिसहरु कर्मभन्दा धर्ममा बढी बिश्वास गर्ने गरेका छन ।

आम हिन्दू समुदाय बिशेष गरि गरीब र अचेत समुदाय आज हाम्रा देबी देवताको भारबाट थिचिदै छन् । प्रत्येक हिन्दूको घरमा आफ्न पितृ हुन्छन् । बर्षमा पन्ध्रा दिन पितृपक्ष हुन्छ त्यसमा हरेक दिन पूजापाठ गर्नुपर्ने र एकदिन श्रद्ध गरेर ब्रम्हणलाइ दान दक्षिणा सहित भोजन गराउनु पर्ने हुन्छ । त्यसबाहेक मधेशका हरेक महिलाको टाउकोमाथि फूलमति अनिवार्य हुन्छ । धर्मले बनाएको आदर्शको बरखिलाफमा महिलाबाट कुनै काम भएमा दण्डित गर्ने काम फूलमतिको हुने गर्छ । देउता रिसाउदा तिनलाइ मनाउन पंण्डित, मौलना, शोखा ओझा मार्फत पूजापाठ गराउनु पर्ने हुन्छ । पूजापाठमा मिन्ति मादरव गर्न गराउन मिडिएटर नभइहुदैन । मिडिएटरहरु आफूलाइ मन पर्ने मास मदिरा, कपडा, गहना, नगदी जिन्सी फलफूल फरमान गर्छन जसको खर्च एउटा दिर्घरोगीभन्दा कम हुदैन ।  अच्चमको कुरा त के छ भने देउता हुन वा भूत सवैलाइ मनाउन सक्ने वा काबुमा ल्याउन सकिने शक्ति ति पाखण्डीहरुसँग मात्र रहेको देखिन्छन् ।

मधेशको हरेक गाउँमा शोखा, माता जी, बडकी माइ नाममा बिजेनश नै खुलेका छन् । जहाँ रुघाखोकी, जण्डिसदेखि क्यान्सरसम्मको उपचार गर्न पनि पछि पर्दैनन् । साधुसन्त, प्रोहित पुजारी,मौलवी मुल्लाको झारफूक, दुवा तविजको कुनै गणना नै गर्न सकिने अवस्था छैन् । लैड्गिक विभेद खपि नसक्नु छ । हरेक दिन पत्रपत्रिकामा दइजोको निहुमा महिलाहरु प्रताणित भइरहेको घटना छ्रयपछ्यापी पढन पाइन्छ । परिवार, समाज, शिक्षालय, सार्वजनीक स्थालमा महिलामाथि हुने बिभेद र यौंनजन्य उत्पिडनको घटनालाइ समाजले समान्य रूपमा लिने गरिएका छन । तर यी र यस्ता मुद्दा न राजनीतिक दलको घोषणापत्रमा पर्छन् न सरकारको नीति तथा कार्यक्रममा पर्न सकेका हुन्छन् । मधेशमा नेता, समाजिक अभियन्त, बुद्धिजीविहरु त्रासमा बाँचेका छन् । नेतालाइ, अगामी निर्वाचनको त्रास, बुद्धिजीविलाइ ज्यान जोगाउने त्रास, अभियन्ताहरुलाइ ज्यान र इज्जत बचाउने चिन्ता रहेको छ । मधेशमा हिन्दूहरुको दशैं, तिहार, र कृष्ण जन्म अष्टमी जस्ता चाडपर्वमा मूर्ति बनाइन्छ र बिसर्जनको समयमा भिडभाडको औसर पारि अक्सर विवाद हुने गरेका छन् । जसमा केही मुस्लिम समुदायका अल्लारे युवाहरु समातिन्छन । प्रिमाइन्डसेटका कारण भिडले त्यसको दोष पुरै मुस्लिम समुदायमाथि थुपार्ने गरेका हुन्छन । संघर्ष चर्किन्छन् एक समुदाय अर्को समुदायको जन्मजात शत्रु बन्छ । यसको मतलमा ती हुल्लडवाज युवा ठीक गरे भनेको होइन् ।

एउटा समुदाय अर्को समुदायको धार्मिक कार्यक्रममा हुलहुज्जत गर्नु अपराध हो । तिनलाइ कानूनको दायरामा ल्याउनै पर्छ । तर कुनै धर्मको एकदुइ जना फटहाको कुकर्मको कारणले पुरै समुदायलाइ दोषी ठहराउनु महाअपराध हो । 

आफनो धर्मको प्रचारप्रसार गर्ने, राम्रा सन्देश सम्प्रेसण गर्ने सवैको अधिकार छ । गर्न पाउनु पर्छ र पाइ पनि रहेका छन् । धरान र मलङ्वा नेपालगंजको घटनावाट पाठ सिक्नु पर्दछ । ठाउँ ठाउँमा कृष्टियन धर्म मान्नेमाथि पनि दुर्व्यवहारका घटना समाजिक संजालमा पढन पाइन्छ । जात र धर्मको नशा पहाडभन्दा मधेशमा धेरै लाग्ने गरेका छन् ।

निर्वाचनको समयमा मधेशमा जात र धर्मको फ्याक्टरले धेरै असर पार्ने भएकोले आअफ्नो फाइदालाइ मध्यनजर गरेरमात्र बोलिने गरियो छ । जातिय अल्पमत होस् वा धार्मिक अल्पमत यसको पक्षमा बोल्न राजनीतिकर्मीहरु अतिनै डराउछन । मधेशमा जातीय अल्पमतमा हुनेले धर्मलाइ हतियार बनाउछ भने जातीय संख्या बढी हुनेहरु धर्ममा चुपचाप भएर जातीय राजनीतिलाइ प्राथमिकतामा राखेको देखिन्छ ।

अहिलेको मधेश राजनीतिक दलको जात र धर्मबीचको लुकामारी तथा युवाहरुको हुल्लडबाजले थिचिदै छ । मधेशका निम्नबर्गिय समुदाय र युवाहरुको बुद्धि धार्म र अन्धबिश्वासको आगोले भुटिदै छ ।  

मधेश दिन प्रतिदिन संकटग्रत हुदै गएकोले, अधिकारको लडाइलाइ स्थन गरेर भएपनि, निर्वचान हारेर भएपनि, चोर चाटुकारको गाली खाएर भएपनि, हुल्लडबाजको धम्की सहेर भएपनि पाखण्डीहरुको श्राप सहेर भएपनि समाजिक अन्दोलन गर्न गराउन जरुरी छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group