कपिलवस्तु जागरणा
बुद्धभुमि नगरपालिका वडा नं. १० ढडिहवा स्थित सनशाईन सामुदायिक आधारभूत बिद्यालयले गरेको सामाजिक परिक्षणको सर्बजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
बिद्यालयले आर्थिक बर्ष ०७९÷०८० मा गरेको शैक्षिक गतिबिधी तथा आर्थिक गतिबिधीहरुको सार्बजनिकी करण गरेको हो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी , अभिभावक संघ , बिद्यार्थी , शिक्षक , संघसंस्थाका प्रतिनिधी छिमेकी बिद्यालयका प्रतिनिधी ,संचारकर्मी लगायतको उपस्थितीमा भएको हो ।
बार्षिक रुपमा बिद्यार्थीहरुको शैक्षिक उपलब्धी बृद्धिगर्नको लागी बिद्यालय परिवार , अभिभावक बिद्यार्थी समेत लागी गरेका हुन्छन । लगानीको प्रतिफल हेर्ने दिन यही रहेको अभिभावकहरुको भनाई रहेको छ । कोरोनाको कहर पछि बिस्तारै बिद्यालयको शैक्षिक उपलब्धी बढदै गएको र आर्थिक बर्ष ०७९÷०८० शैक्षिक उपलब्धी ५४ प्रतिशत रहेको कुरा बिद्यालयका प्रधानाध्यापक राम शुभग यादवले बताएका छन् । त्यसै गरी आर्थिक बर्ष ०७९÷०८०को आर्थिक कारोवार ४० लाख २८ हजार ६ सय ३८ रुपैया ९० पैसा बराबर रहेको बताईएको छ । यस बिद्यालयको थप शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकको आवश्यक्ता रहेको बताईएको छ । स्थानिय निकायले बिद्यालयको कक्षा बृद्धि गर्ने स्विकृति दिन्छ तर ब्यवस्थापन र शिक्षकमा लगानी नगर्दा सम्म शैक्षिक गुणस्तरलाई पनि माथी लैजान समस्या रहेको कुरा सार्बजनिक सुनुवाइृ कार्यक्रममा देखिएको छ । बिद्यालयमा अहिले ३ सय २७ जना बिद्यार्थीहरु अध्ययन गरिरहेका छन ।
( सनशाइन सामुदायिक आधारभूत बिद्यालय )
नगरपालिका भित्रकै नमुना बिद्यालय मानिने यस सनशाईन सामुदायिक आधारभूत बिद्यालयमा पालिकाले पनि अन्य बिद्यालय लाई भ्रमण गराउन ल्याउँछ तर लगानी गर्नपरे हाम्रो पलो आउदैन बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रत्तीराम थारुले बताए । शिक्षा नियमावली २०५९को नियम १७१ (क) बमोजिमको प्रतिबेदन अनुसार यस बर्ष बिद्यालयले १००अंकमा ७८.५ अंक प्राप्त गरेको छ ।