संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान ।

           

सनशाईन सामाजिक बिकास संस्थाको २५औं स्थापना दिवसको अवसरमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।
मधेशी समुदायमा रक्त दिन डराउने तर रक्त अभाव भएको खण्डमा हारगुहार गर्ने मान्यता लाई चिर्न र रक्त दान गर्नु पर्छ सन्देश दिनको लागी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक बर्ष भाद्र २८ गते रक्तदान कार्यक्रम गर्दे आईरहेको कुरा संस्थाका अध्यक्ष शिवलाल यादवले बताउनु भएको छ ।

रक्तको अभावमा कसैले ज्यान गुमाउन न परोस भन्दै स्थानिय युवाहरु उत्साहित भएर अ आफना साथीहरुलाई बोलाएर रक्तदान कार्यक्रम सफल पारीएको कुरा कार्यक्रमका संयोजक भगवानदाश यादवले बताए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक सहयोगमा भएको हो । कार्यक्रम सनशाईन सामाजिक बिकास संस्थाको कार्यालय चेरादेईमा भएको हो । रक्तदाताहरुलाई उत्साहित गर्नको लागी बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group