
कपिलवस्तु जागरण
कृष्ण जन्मोत्सवको शुभ अवसरमा यदुवंशी युवा समाज कपिलवस्तुले शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ । कृष्णनगर नगरपालिकामा रहेकाे उद्योग वाणिज्य संघको सभा हलमा कृष्ण जन्माष्टमीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको आयाेजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ समाजसेवी रामबरण प्रसाद यादवले परम्परागत रुपमा चलि आएको रीतिरिवाज, धर्म, सँस्कृतिकाे संरक्षणमा ध्यान पुर्याउन जरुरी रहेकाे बताए । उनले समाजमा धार्मिक सहिष्णुता कायम गर्दै आफ्नो परम्परागत पहिचानलाई जाेगाई राख्न सबैले लाग्नुपर्ने बताए ।
लुम्बिनी प्रदेशको पूर्व मन्त्री सहस राम यादवले कृष्णजन्माष्टमीकाे शुभकामना दिँदै यो समुदायले सामाजिक न्याय तथा समाज विकास लगायत भगवान कृष्णका उपदेशहरु ग्राहण आवश्यक रहेकाे बताए । उनले सामाजिक सद्भाव कायम राख्दै धर्म, सँस्कृति मनाउन आग्रहसमेत गरे ।

यदुवंशी युवा समाज कपिलवस्तुका अध्यक्ष निरहु यादवको अध्यक्षतामा रहेकाे कार्यक्रममा शिक्षक, समाजसेवी , किसान ,संचारकर्मी लगायत ५ सय जना बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा शुभकामना आदानप्रदान सहित स्थानीय लोक नृत्यको प्रस्तुतिसमेत गरिएको थियो । कार्यक्रमका केही सहभागीहरूले अहिलेका अवस्थामा पनि अफुहरूसीत नै संघर्ष गर्नु परिरहेकै बताएका छन् ।
