मोतिया बिन्दुका बिरामीहरु फेरी पनि संसार देख्ने अवसर पाए ।

कपिलवस्तु जागरण
४७ जना मोतिया बिन्दु भएका बिरामीहरको नि शुल्क रुपमा शल्यक्रिया आज तौलिहवा आँखा अस्पतालमा भईरहेको छ । हिजो भाद्र २६ गते मायादेबी गाउँपालिका वडा नं. ८ बिजुवामा भएको नि शुल्क आँखा जाँच बाट प्राप्त मोतिया बिन्दुका बिरामीहरुको शल्यक्रिया भईरहेको कुरा तौलिहवा आँखा अस्तालका डाक्टर प्रमोद यादवले बताउनु भएको छ ।
मायादेबी गाउँपालिका वडा नं. ८ बिजुवाको समन्वयमा सेवा फाउण्डेशन नेपाल र तौलिहवा आँखा अस्पतालको आर्थिक तथा प्राबिधिक सहयोगमा शिविर तथा शल्यक्रिया गर्ने कार्य भएको कुरा तौलिहवा आँखा अस्पतालका सभापति मनोज कुमार श्रीवास्तवले बताउनु भएको छ ।


शिबिरमा १ सय ५७ जनाको आँखा परिक्षण गर्दा ४७ जनामा मोतिया बिन्दुका रोग फेला परेको थियो । उनीहरुको शल्यक्रिया आज डा. सुशिला पटेल द्धारा भईरहेको छ । शल्यक्रिया पछि उनीहरुले फेरी पनि पहिलेको अवस्था जस्तै संसार देख्ने मौका पाउने भएका छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group