
कपिलवस्तु जागरण
बालबालिकामा लगानी ः सुनिश्चित भविश्यको थालनी भन्ने नाराका साथ आज राट्रिय बाल दिवस २०८० मनाईएको छ । बाल दिवस २०८० को अवसरमा आज भदौ २९ गते सनशाईन सामाजिक बिकास संस्थाले मायादेबी गाउँपालिका भित्रका १ सय जना बालबालिकाहरुलाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
सनशाईन सामाजिक बिकास संस्था र यूनाईटेड मिसन टु नेपालको सहकार्यमा संचालित समुदाय परिवर्तनको लागी बालबालिका र यूवा परियोजना अन्तरगत उक्त झोला तथा शैक्षिक सामाग्रीहरु बितरण भएका हुन । संस्थाले मायादेबी गाउँपालिका संग समन्वय गरी आज बालबालिका तथा सरोकारवालाहरुको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।

मायादेबी गाउँपालिकाको बिभिन्न बिद्यालयमा अध्यानरत गरिब , बिपन्न , पिछडा बर्गका बालिकाहरुलाई अध्ययन अध्यापनमा सहज होस भन्ने उद्धेश्यले १ हजार २ सय रुपैया बराबरको प्रति बालबालिकाहरुलाई स्टेशनरी तथा झोला बितरण गरिएको छ ।
मायादेबी गाउँपालिका अध्यक्ष वलिउदीन मुसलमानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्था का अध्यक्ष शिवलाल यादवले गर्नु भएको थियो भने अतिथीको रुपमा पालिका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर प्रसाद यादव रहनु भएको थियो । कार्यक्रमको संचालन सुग्रिम यादवले गर्नु भएको थियो । कार्यक्रम मायादेबी गाउँपालिकाको कार्यालय पकडीमा भएको हो ।