पुस्तौनी पेशामा भबिश्य खोज्दै बिश्राम गडेरिया

कपिलवस्तु जागरण
बिश्राम गडेडिया अहिले ४४ बर्षका भए । उनी बाबु बाजे देखीको पुस्तौनी पेशालाई अगाडी बढाई त्यसैमा आफ्नो भबिश्य खोजी रहेका छन । बाबु बाजे देखी नै पाल्दै आएको भेडा पालन लाई निरन्तरता दिदै आएका छन ।
बिश्राम गडेरियाको दैनिकी भेडा भेडी चराउनमै ब्यस्त भएको देखिन्छन् । सधै हाँसिलो मुद्रामा देखिने बिश्राम बिहान देखी करिब ८ बजे राती सम्म भेडा भेडीहरु संगै रमाउने गर्दछन् । थोरै मात्रै खेती पाती रहेका बिश्राम संग अहिले ८० वटा भन्दा बढी भेडाभेडीहरु रहेका छन् । सोही भेडा भेडीको कमाई बाट उनी परिवारलाई पालन पोषण गरिरहेकाछन । ब्यवसायिक रुपमा भेडा भेडी पालन गर्न सके यसैमा भबिश्य छ । बिदेशिनु परर्दैन , अरुको घरमा गएर ज्याला मजुरी गर्न पर्दैन । सहु , मालिक बनेर बस्न पाईन्छ । मालिक बन्ना पाएकोमा खुशी छु उहाँले बताउनु भयो ।


उहाँको भनाई अनुसार बाख्राको मासु भन्दा अलि सस्तो बिक्री हुने तर उत्पादन बिक्री हुनमा कुनै समस्या न रहेको बताउँछन । एउटा बच्चा लाई ६ हजार सम्म र ठुलो करिब २ बर्ष सम्मका भेडालाई १८ हजार सम्म बिक्री गर्नसकिने , ब्यपारीहरु घरबाटै लैजाने गरेको बताउँछन ।
पहिला भेडीको रौं बाट बिभिन्न किसिमका जाडो छल्ने कपडाहरु बन्ने गर्दथ्यो । बार्षिक रुपमा भेडाका कपालहरु काटेर बोरामा राखिन्थ्यो र बिक्री गरेर त्यसबाट पनि आम्दानी गरिन्थ्यो तर अहिलेको फेसनको जमानामा त्यो हराएर गएको छ । भेडीको मासु खाने गरिन्छ भने भेडीको दुध बाट बनईएको घिउ औषधी उपचारमा प्रयोग गरिन्छ । एक परी ध्यू अर्थात एक हाथको एक अजुली बराबरको घिउ लाई अहिले १५ सय भन्दा बढी पर्दछ । त्यसले गर्दा भेडी ब्यवसायलाई राम्रो संग गर्न सके यसैमा भबिश्य रहेको बिश्रामको बिश्वास रहेको छ । ७ जनाको परिवार उनी भेडा भेडी बाट नै पालिरहेको बताएका छन ।बिश्राम बर्षिक २० देखी २५ वटा भेडा भेडीहरू बिक्री गर्नु हुन्छ ।
बर्षा र जाडोको बेलामा अलि रोगको समस्या देखिने भेडा भडीहरुलाई उनी लक्ष्ण देखेर आफै उपचार गर्ने गरेको खुबी उहाँमा रहेको छ । निलजान , हाईटेक , एलबेन्डाजोल लगाउतका औषधीहरु लक्ष्ण देखेर आफै उपचार गर्ने गरेको बताउँछन ।
अहिलेको अवस्थामा गडेरिया जातिले यस पेशालाई बिस्तारै बिस्थापित गर्दै गईरहेको देखिन्छ । यस पेशा लाई ब्यवस्थित र मर्यादित बनाउनको लागी स्थानिय सरकारले सहयोग गर्नु पर्ने तर सरकारको लगानी शुन्य रहेको बताउँछन । किसानहरुलाई प्रतोसाहित गर्नको लागि स्थानिय तथा प्रदेश सरकारले कृषि औजार ,बिउँ बिजन , भैसी पालन , बाख्रा पालन लगायतमा अनुदान दिने गरेको पाईन्छ तर भेडा पालनमा कतै सहयोग गरेको सुनिदैन सरकार प्रतिको उहाँको गुनासो रहेको छ ।
कपिलवस्तुमा करिब १२ सय जनाको हाराहारीमा गडेरिया जातीको जनसंख्या रेहहेको छ । तर यो पेशामा बिस्तारै कमि आउँदै गएको छ । यो पेशामा अन्य पेशा जस्तै सरकारले सहयोग गरेमा , ब्यवसायिक दक्षता बृद्धि गर्न सकेमा र युवालाई पनि यस पेशामा आर्कर्षित गर्न सके यूवा बिदेशिनु न पर्ने भेडा पालनबाटै राम्रो भबिश्यको निमार्ण गर्न सकिने कुरामा बिश्राम बिश्वस्थ छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group