नेपालको संबिधान २०७२ र यसको औचित्य सम्बन्धी अन्तरक्रिया ।

कपिलवस्तु जागरण
जनता समाजबादी पार्टी नेपाल जिल्ला शाखा कपिलवस्तुको आयोजनामा नेपालको संबिधान २०७२ र यसको औचित्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ ।
नेपालको संबिधान २०७२ लागु भएको आज ८ बर्ष पुरा भएको छ । जनता समाजबादी पार्टी नेपालले २०७२ सालको को संबिधान आए देखी नै केही बुदाहरुमा संशोधन गर्नु पर्छ । जुन मधेशी , दलित , जनजाति र बिछडा बर्गको हितमा छैन । तर अहिले ति कुराहरुको संशोधन र सम्बोधन हुन न सकेकोले जनता समाजबादी पार्टी नेपाल ले फरक मतहरु राख्दै आईरहेको कुरा कार्यक्रमका वक्ताहरुले ब्यक्त गरेका थिए । पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँनले २०७२ को संबिधान नै अधुरा संबिधानको रुपमा रहेको , सरकारका बिभिन्न तह तप्कामा समानुपातिक प्रतिनिधित्व र आरक्षणको बिषयमा बैमानी भैरहेको लगायतको बिषयमा आफ्ना बिचार राख्नु भएको थियो । त्यसै गरी कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि यो संबिधान अधुरो संबिधान भएकोले संशोधन गर्नु पर्छ भन्ने बिषयमा जोड दिएका थिए ।
कार्यक्रम जनता समाजबादी पार्टी नेपाल कपिलवस्तु शाखाका अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँन को प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन जिल्ला सचिव शिवलाल यादवले गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group