नेत्र ज्योती संघ , कपिलवस्तु शाखालाई ३९ लाख सहयोग ।

कपिलवस्तु जागरण
नेत्र ज्योती संघ, तौलिहवा आँखा अस्पताललाई कपिलवस्तुका एक गैर सरकारी संस्थाले ३९ लाख रुपैया सहयोग गरेको छ । कतार च्यारिटीको आर्थिक सहयोगमा लुम्बिनी एकीकृत बिकास संस्था (लिडो ) ले उक्त सहयोग गरेको हो ।
नेत्र ज्योती संघ , तौलिहवा आँखा अस्पतालले बिभिन्न चरणमा ६ सय ५० पचास जना मोतिया बिन्दुका बिरामीहरुको नि शुल्क रुमपा आँखाको अप्रेशन गरेवापत सो संस्थाले अप्रेशन, औषधी , चश्मा र खाना नास्ता वापतको रकम सहयोग गरेको कुरा तौलिहवा आँखा अस्पतालका सभापती मनोज कुमार श्रीवास्तवले बताउनु भएको छ ।लिडो संस्थाका अध्यक्ष तथा पूर्व संघिय सांसदअतहर कमाल मुसलमान र तौलिहवा आँखा अस्पतालका सभापती मनोज कुमार श्रीवास्तव बीच हस्ताक्षर भएकाे हाे ।बिगत ८ महिना पहिले निर्वाचित भई सभापतीको रुपमा नेतृत्व गर्दे आईरहेका मनोज कुमार श्रीवास्तवको टीम र स्वास्थयकर्मी बीच सम्बन्ध राम्राे भएकाेले पनि अहिले अस्पतालमा उदाहरणिय काम भइरहेको कुराको चारैतिर सकारात्मक प्रसंशा हुन थालेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group