धर्म र विज्ञान सँगको मनुष्यको सम्बन्ध

       

धर्म र विज्ञान दुवै मनुष्यको राम्रो भविष्यको लागि खोज गर्छ । सम्प्रदाय (जसलाइ हामी धर्म भन्छौ) अनुसार धर्मको व्याख्या वा परिभाषा शब्दको कारणले बाहिरी रूपमा फरक फरक देखिन्छ तर अन्तिम निष्कर्ष सवै धर्मको एउटै हुन्छ जस्तै कर्मको कुरा, होस पुर्वक हुने, मनुष्यको भित्री खोज हो । धर्म मनुष्यको भित्री खोजलाइ महत्व दिन्छ भने विज्ञान मनुष्यलाइ आवश्यक पर्ने वाहिरी खोजलाइ महत्व दिन्छ, अहिलेको विज्ञानले मनुष्यको भित्री खोज तिर पनि बढदैछ जस्तै मनसँग सम्बन्धित खोजहरू । धर्म र विज्ञान एउटै डोरीको दुइ किनारा हुन । दुवैको विचमा कुनै यस्तो रेखा छैन जसले कुनै एउटा विन्दुबाट धर्म र विज्ञानलाइ विभाजन गरेको होस । धर्म र विज्ञान दुवैले एउटा कुरामा विश्व गर्छन त्यो हो सवै घटनाको पछाडि कुनै नकुनै कारण हुन्छ ।

धर्म नितान्त व्यक्तिगत खोज हो त पनि अनुभूती सवैको एउटै हुन्छ । धर्मले आफूसँग पहिले देखि भएको स्वभावको खोज हो । जुन हामी लिएर नै आएका हुन्छौ ।हाम्रो जीवन प्राकृति रूपमा चलिरहेको हुन्छ हामी त्यसलाइ कसरी आफ्नो होसपूर्वक चलाउने भन्ने खोज नै धर्म हो । त्यो होस वा चेतना सम्म पुग्नाको लागि सवै व्यक्तिको आफ्नो फरक फरक बाटो हुन सक्छ ।सवै मनुष्यको एउटै धर्म वा स्वभाव हो इश्वर हुने, हाम्रो जन्म नै यही हुनको लागि भएको ।

भाषाको कारण अवतार, बुद्ध, जिन, क्राइस, पैग़म्बर जस्ताको वाणी, प्रवचन, वक्तव्य वा संदेशमा फरक हुन जान्छ । वहाँहरूको वाणीमा आफ्नो अनुभूती (ज्ञान) र त्यो समयको विज्ञानको खोज (स्मृति) संयुक्त रूपमा मिलेको हुन्छ । वहाँहरूको वाणी त्यो समय, स्थानमा भएका व्यक्तिको लागि र उसले बुझे भाषामा हुन्छ ।

धर्मको खोजीको आफ्नो खोज एउटा यस्तो विन्दुमा पुगेर पुरा हुन्छ जहाँ उसले जीवनमा पाउनु पर्ने सवै पाइसकेको हुन्छ अनि त्यसपछि आफ्नो अनुभूतिलाइ प्रकट गर्छ । प्रत्येक धर्मको खोजीलाइ आफ्नो यात्रा शुन्यबाट शुरू गर्नुपर्छ । उसले अरूको अनुभूति वा खोजलाइ इसाराको रूपमा मात्र लिन सक्छ ।

विज्ञानको खोजीले खोज गर्दै जान्छ र आफ्नो खोजको निष्कर्षहरू दिदैजान्छ खोज जारी हुन्छ, यसै कारणले समय समयमा त्यसको सिद्धान्तहरू नयाँ वा फरक हुदै जान्छ । विज्ञानको खोजलाइ शरीरले उपयोग गर्छ । विज्ञानको खोज क्रमिक रूपमा अगाडि बढदै गरिरहेको हुन्छ ।

धर्म बिजको खोज गर्छ भने विज्ञानले त्यसलाइ जन्म दिनाको लागि वातावरणको खोज गर्छ । मनुष्य हुनको लागि धर्म र विज्ञान दुवैको आवश्यकत हुन्छ । हामी मनुष्य भएर जन्मेको हो, अवतार, बुद्ध, जिन, क्राइस, पैग़म्बर हुनको लागि धर्मको खोज र विज्ञानको उपयोग चाहिन्छ । बुद्ध, महावीर, कृष्ण, मोहम्द, जिसस जस्ताले आफ्नो धर्मको पनि खोज गरे र त्यो समयमा भएको विज्ञानको खोजको पनि पूर्णरूपमा उपयोग गरेका हुन । हामी धर्मको खोज गर्छौ भने विज्ञानलाइ छोड दिन्छौ, विज्ञानको खोज गर्नेले धर्मलाइ छोड दिन्छ । मनुष्यले धर्मको यात्रा कुनै पनि समय र स्थानबाट शुरू गर्नसक्छ तर विज्ञानको खोजको लागि उसलाइ पहिला भएको खोज र अनुसन्धानको सूचनाहरू संकलन र अध्ययन गर्नु अनिवार्य हुन्छ । एउटा समय पार गरे पछि हामी विज्ञानको खोज गर्न असमर्थ हुन्छौ । स्कुल, विद्यालय, विश्वविद्यालको शिक्षा र प्रयोगशाला विज्ञानको खोजमा आवश्यक पर्छ ।

लेखक गोविन्द प्रसाद चौधरी

इमेलः golove.info@yahoo.com

फेसबुकः https://www.facebook.com/golove.np

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group