झुक्न लाएको सनातन

नबनाऊ मलाई माटोको, जसको आयू ९ दिनको मात्रै हुन्छ।
बनाउनु छ भने बनाउ पत्थर को , नदीमा फाल्नु भन्दा मन्दिरम लागि राखे हुन्छ।
नबगाउ मलाई खोलामा, मेरो त त्यहाँ अपमान हुन्छ।
बगाउनु छ भने खराब विचार लाई जहाँ अहंकारमा लोभ लालच र क्रोधकाे नियन्त्रण हुन्छ।
गर्नु छ भने पूजा गरा बा आमा को, आखिर त्यसमा नि मेरै बाश हुन्छ।
उनले देको आशीर्वादमा , मेरो नि स्पर्श हुन्छ।
सक्छौ भने दुःखी लाई सेवा गरा, सक्दैनौं भने बेवश जनावरको हत्या नगरा तिमी।
मेरो नाममा जेयान को व्यापार चाहिँ नगरा तिमी।
तिमीले खको खानामा, बाको नि पसिना हुन्छ।
तिम्रो बलियो हड्डीमा आमाको रगत हुन्छ।
नफला खेर बाको पसिना तिमी केइ दिन पछि अन्धकार हुन्छ।
बालिदेऊ बत्ती त्यो झोपडीमा , जहाँ गरिबी काे कालो रात हुन्छ।
मलाई खासी चढाउनु भन्दा, अर्पण गरा शिस बा आमा को  चरणम तिमी।
तर मेरो नाम म जेयन काे व्यापार चाहिँ नगरा तिमी।
भन्दीन नगरा पूजा मेरो, मलाई हिर्दय देखि पुज्ने गरा,
मैले देखाएको बाटोमा अडिक बनी हिन्ने गरा ।
नझुक्न देउ शिर आफ्नो, जहाँ पापको बजार हुन्छ।
मेरो अदर्शहरु अंगलोहली , बा आमालाई भगवान माना तिमी।
तर मेरो नाम म जेयन् काे व्यापार चाहिँ नगरा तिमी।
छोरा रुँदा आमा हाँस्ने कुरुर छैन म येति,
मलाई खुशी पर्न तिमी, नगरा दुःख त्यति।
      न परा त्यो षडयन्त्रमा , न बद्ला आफ्नो पहिचान लाई
बा ले जन्माए तिमि लाई, तर सनातनले जन्माए तिम्रो बालाई
आफ्नो घर छोडी आज, विरन घर जाँदै छौं,
के थाहा पर्सी तिमि, नयाँ घार खोज्ने छौ।
हुन्नौं तिमि स्थिर कहीं, गिर्गिट जस्तै धर्म फेर्छौं तिमि,
अझै पनि समय छ, आफ्नो धरोहर मै रहा तिमि ।
सबै खोला अंत मै , समुन्द्र मै गएर मिल्ने छन्।
न बना अबोध बालक तिमी, पन्थ सवै सनातन कै बच्चा हुन।
लड्नु छ भनें लडा गरिबी सँग, जो सवै काे सत्रु हो ।
के लड्छौ धर्मकाे लागि तिमि, यस्तो सोच त बस तुच्छ हो।
गर्व गरा तिमि आफू माथि, भाग्य तिम्रो कति ठुलो होला।
विचार गरा गइरछौं जहाँ , उनका भगवान के मान्थे होला ।
यदि मान्छे तिमि हौ भने बद्ली देउ त्यस्ता मुखलाई,,
जो धर्म परिवर्तन गर्ने गर्दछन्।
 तारी देउ अज्ञानताकाे खोला उनलाई,
जो आफैमा सर्वश्रेष्ठ ठान्ने गर्छन्।
ज्ञान देउ त्यो मूर्खलाई , सागर छोडी खोला तिर किन भाग्न खोज्छन्।
सम्झना गराऊ त्यो अज्ञानीलाई  सबै पन्थ सनातन वटा नै उत्पत्ति भछन्।
नगरा युद्ध आफै मा, सके प्रेम बाट्ने गरा तिमी ।
बदलाव मग्छा समयले , पहिलो कदम सारा तिमी ।

लेखक:
  नाम: बिष्णु केवट
  ठेगाना:  बुद्ध भूमि १० चेत्रदेई
कपिवस्तु 

               

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group