मिडिया कमजोर भएमा राज्य कमजोर हुन्छ ।लुम्बिनी प्रदेश मुख्य मन्त्री डिल्ली बहादुर चौधरी ।

कपिलवस्तु जागरणा
लुमिबनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले राज्यमा मिडिया कमजोर भएको खण्डमा राज्य पनि कमजोर हुने बताउनु भएको छ । उहाँले प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा यस्तो बताउनु भएको हो । मिडियालाई राज्यको चौथौ अंगको रुपमा मानिएको छ । मिडियाले राज्यले गरेका बिभिन्न गतिबिधीहरुलाई नजिक बाट नियालेर सहीलाई सही गलत लाई गलत भन्न सकनु पर्ने । मिडियाले सरकारको गुनगान गर्नलाई होइनकी सही कुरा लेखदिनु पर्छ भन्ने कुरामा जोड दिनु भएको थियो ।
सरकारले बाटो बिगारेको छ भने त्यसलाई सही बाटोमा ल्याउन मिडियाको भुमिका महत्वपुर्ण हुने साथै देशको आर्थिक , सामाजिक र संस्कृतिक बिकासमा पनि मिडियाको महत्वपुर्ण योगदान रहने कुरामा समेत उहाँले बिश्वास जनाउनु भएको थियो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री चौधरीले आफुलाई यहाँ सम्म पुर्याउनमा मिडियाको महत्वपुर्ण योगदान रहेको बताउँदै १७ बर्षको उमेर देखी नै सामाजिक , राजनीतिक र आर्थिक रुपमा बिपन्न तथा पछिडिएका नागरिकहरुको उत्थानको लागी संगठन बनाएर आफ्नो जिवनकालको महत्वपुर्ण कामको शुरुवात गरे देखी नै मिडियाले सहयोग गर्दै आएको बताउनु भएको थियो । मिडियाले गरेका यस्ता योगदानका कारण पनि उहाँ मिडिया मैत्री पनि भएको देखिन्छ ।
मुख्य मन्त्री चौधरीले लुम्बिनी प्रदेशले पर्याटन मार्फत प्रचुर मात्रामा बिकास गर्न गकिने सम्भावना रहेत पनि अहिले सम्म खासै उपलब्धी देखाउन न सकेको सरकारले अब आफ्नो प्रथमिक्ता पर्याटकिय स्थलहरुको बिकास र प्रचार प्रसारमा समेत रहने बताउनु भएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group