कपिलवस्तु जागरणा
कपिलवस्तुकाे मायादेवी गा.पा.७ लालपुर बस्ने एकै परीवारका ७जनाले बिषादी च्याउ खानाले बिरामी परेका हुन । बिरामी हुनेहरूमा बर्ष ४५ को बिन्दु ठाकुर,बर्ष २६ को करण ठाकुर,बर्ष २९ को धर्मेन्द्र ठाकुर,बर्ष २७ को कुसुम ठाकुर,बर्ष ४ को अन्शिका ठाकुर,बर्ष ६ को ज्योति ठाकुर र बर्ष ३ को सुशान्त ठाकुर रहेका छन । बिरामीहरूलाइ जिल्ला अस्पताल तौलिहवा उपचार भई रहेको छ । निजहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय ताैलिहवाले जनाएकाे छ। घटना २५ गते घटेकाे हाे ।