आई .डि.भी. परियोजना वडा कार्यालयलाई हस्तान्तरण ।

  कपिलवस्तु जागरणा

कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नं. ४ मा संचालित घरेलु हिंसा बिरुद्धको सुधारात्मक कार्य परियोजना ( आई .डि .भी.) एक कार्यक्रमका बीच वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
सनशाईन सामाजिक बिकास संस्था र यूनाईटेड मिशन टु नेपालको सहकार्यमा संचालित उक्त परियोजना संस्थाको तर्पm बाट समापन भई स्थानिय सरकार वडा कार्यालयलाई निरन्तरता दिन र रेखदेख गर्नको लागी एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । २०७९ श्रावण १ गते देखी सचेतना अभिबृद्धि र सशक्तिकरण , परिवारमा लैंगिक सुशासनमा सुधार , शिक्षा र जिबिको पार्जन क्षेत्रमा संचालित उक्त कार्यक्रमले समुदायमा पारेको प्रभाव , लगानीका क्षेत्रहरुलाई जानकारी दिदै यस्ताका राम्रा कामहरुको निरन्तरता दिनको लागी वडा कार्यालय संग अनुरोध गर्दै संस्थाले सो कार्यक्रमलाई वडा कार्यलयलाई औपचारिक रुपमा हस्तानतरण गरेको हो ।
परियोजनाले हिंसा पिडित परिवारका २० जना बिद्यालय छोडेका बालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरी पुनः बिद्यालयमा भर्ना गराएको छ भने बिभिन्न किसिमले हिंसा भोगिरहेकी त्यस वडा भित्रका १० जना हिंसा पिडित महिलाहरलाई आय आर्जनको लागी मागको अधारमा जनही ३० तीस हजारको दरले रकम संस्थाले सहयोग गरेको कुरा कार्यक्रम संयोजक लक्ष्मी यादवले बताउनु भएको छ । कार्यक्रम बाट त्यस वडाका ८ सय ११ जनाले लाभान्वित भएको बताईएको छ ।
कार्यक्रमलाई औपचारिक रुपमा सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष शिवलाल यादवले एक कार्यक्रम बीच मायादेबी वडा नं. ४ का वडा सदस्य हृदयराम यादव ,वडा सदस्य ईनरमती लोध र वडा सचिव शिव गुलाम कलवार लाई यही साउन २१ गते हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य हृदयराम यादवले कार्यक्रम सानो अवधीको भएपनि आफ्ना उद्धेश्य अनुसारको काममा सफल भएको बताउनु भएको थियो । साथै उहाँले समाजमा भईरहेको बिभिन्न किसिमको लैंगिक हिंस न हुन दिनको लागी वडा कार्यालयबाट पनि सचेतना जगाउने कार्यमा लागी पर्ने बताउनु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group