सुहाराकाे ८ बर्ष कपिलवस्तुमा सकियाे ।स्थानिय तहलाईअफ्नत्व लिन नैतिक दबाव ।

कपिलवस्तुमा दाेस्राे चरणकाे रूपमा संचालन भएकाे सुहारा कार्यक्रम सकिएकाे छ । अक्टुवर २०१७ देखी अप्रैल २०२३ सम्म संचालित कार्यक्रम एक अाैपचारिक कार्यक्रम गरि सकिएकाे हाे । सुहारा कार्यक्रम USAID को आर्थिक सहयोग Helen killer international को अगुवाईमा कालिका स्वाबलम्बन सामाजिक केन्द्रको साझेदारीमा संचालनमा रहेकाे थियाे । संस्थाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण योजनाको मर्मलाई आत्मसात गर्दै एकीकृत स्वास्थ्य तथा पोषणको क्षेत्रमा १००० दिनका आमा,किशोरीहरुलाई लक्षित गरि सुआहारा दोश्रो कार्यक्रम कार्यान्वयनमा ल्याएकाे थियाे । कार्यक्रम कपिलवस्तु जिल्लाकाे १० वटै स्थानिय तहहरू अन्तरगतका ९६ बटा बडाहरु लागु भएकाे थियाे । १० वटै स्थानिय तहका सबै स्वास्थ्य सस्थाहरु,महिला स्वास्थ्य स्वयंसेबिकाहरूकाे क्षमता बिकास,सुशासन,लैगिक समानता तथा सामाजिक समाबेशीकरण,खानेपानी सरसफाई तथा स्वच्छता,जलबायु मैत्री कृषि प्रबिधी,समूह परिचालन,घरभेट परामर्श कुपोषित बालबालिका पहिचान परामर्श आदि कृयाकलाप सन्चालन गरि पोषण कार्यक्रमलाई अझ प्रभावकारी र दिगाेपना बनाउनका लागि संस्थाले निरन्तर पैरवी गरिरहेको कुरा कर्यक्रम संयाेजक कमला साफकाेटले बताउनु भएकाे छ ।

जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्य काे अध्यक्षतामा १० बटै स्थानिय तहका प्रमुख ,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्य सयोजक,बहु सरोकारबालाहरुको उपस्थितीमा कर्यक्रमकाे समापन गरिएकाे थियाे । कार्यक्रममा स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपर्भाइजर प्रभास पन्थी,बरिष्ठ प्रदेश सयोजक भरत शर्माले बिगत ३ बर्षकाे सुचकहरुको विश्लेषण सहित प्रश्तुती,सुआहारा कार्यक्रमले गरेका कार्यको उपलब्धी,समस्या र चुनौती बिषयमा प्रकाश पार्नु भएकाे थियाे । परियाेजनाकाे हिसाबले कार्यक्रम सकिए पनि स्थानिय तहहरूले यस्ता कार्यक्रमहरूलाइ अफ्ना निति तथा कार्यक्रम मार्फत अगाडी बढाउन भने नैतिक दबाव परेकाे छ ।

कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पाेषणकाे क्षेत्रमा लगानी गर्दा अामाकाे गर्भअवस्था देखी नै गर्नु पर्ने , लगानी गर्नु पर्ने उमेरमा लगानी कम गरेको देखिएको र लगानी नगर्ने समयमा अनावश्यक लगानी हुने गरेको पाइन्छ । आगामी दिनमा पाेषण तथा स्वास्थ्यकाे बरेमा बजेट बिनियोजन गर्दा पोषणका बिषयमा अधिकतम बजेट बिनियोजनले गर्दा आवस्यक प्रतिफल प्राप्त गर्न सकिने बिषयमा जोड दिनु भएको थियो । कार्यक्रममा सुआहारा केन्द्रीय कार्यलयका निर्देशक इन्द्र भुजेलले सुआहारा कार्यक्रमलाई गरिएको सम्म्मान प्रती आभार ब्यक्त गर्नुभएको थियो । साझेदार सस्था कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल ले सबै सराेकार वाला तथा अधिकारवालाहरूले कार्यक्रमलाई सहयोग गरेकाेमा धन्यवाद ब्यक्त गर्नु भएकाे थियाे ।

समुदायमा स्वास्थ्य तथा षाेषणकाे क्षेत्रमा सकारात्मक पिरवर्तन ल्याउन खटिएक कर्मचारीहरूलाई सम्मान तथा कदर पत्र ले सम्मानित गरिएको थियो । कार्यक्रमकाे कालिका स्वाबलम्बन सामजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा काे सन्चालन मा गरिएकाे थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group