सामुदायिक बिद्यालयहरु लाई सामाग्री हस्तान्तरण ।

           कपिलवस्तु जागरणअन लाइन ।

कपिलवस्तुकाे मायादेवी गाउपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयहरू लाइ सनशाईन सामाजिक विकास संस्थाले पठन पाठनमा सहजता ल्याउनकाे लगि सामाग्रीहरू बितरणा गरेकाे हाे । यूनाईटेड मिसन टु नेपालको साझेदारीमा संचालित परिवर्तनका लागि बालबालिका युवा तथा सामुदाय परियोजना (CYCC) परियाेजना अन्तर्गत मायादेवी गाउँपािलकाका १० वटा बिद्यालयहरू लाई उफ़र साउण्ड र पंखा यही जेष्ठ ३ गते हस्तान्तरण गरेकाे छ ।

मायादेवी गाउपालिका अन्तर्गतका पहिलो चरणमा सामुदायिक बिद्यालय र मदरसा सहित १३ वटा बिद्यालयहरुमा बिद्यालय विकास योजना निर्माण गरि बालमैत्री बिद्यालय निर्माण र क्रियाकलापमाआधारित शिक्षण सिकाई बिधि मार्फत गुणस्तरीय शिक्षा अभिवृद्धि तथा सबै समुदाय बालबालिकाहरुको सहजरुपमा समता र समानतामुलक बिद्यालय तथा गुणस्तरीय शिक्षामा पहुचको लागि लागि कार्य गर्दै आईरहेकोले सामाग्री बितरणा गरिएकाे कुरा संस्थाका शिक्षा अधिकृत सुिग्रम यादव ले बताउनु भएकाे छ |

बालबालिकहरूलाइ ग्रर्मीमा अध्ययन गर्नकाे लागी पंखा र अन्य अडियाे माे माध्ययमले पढाइमा सहजता र संस्कृतिक कलाहरूमा सहयाेगी हाेस भन्ने उद्देश्य साे सामाग्रीहरू १० वटा बिद्यालयमा गाउँपािलकाकाे प्रतिनिधी तथा बिद्यालय प्रतिनिधीकाे सहभागितामा बितरणा गिरएकाे हाे । संस्थाले मायादेवी गाउपालिका तथा बिद्यालयहरु संग समन्वय,सहकार्य गरि विद्यालयहरुको अवश्यकता र बिद्यालय विकास योजना अनुसार शैक्षिक सामाग्री,कक्षाकोठा व्यवस्थापन,फर्निचर, शिक्षकहरुलाई  अवश्यकता अनुसारको क्षमता अभिवृद्धि सम्बन्धि तालिम,क्रियाकलापमा आधारित शिक्षण सिकाई तालिम,बालक्लब गठन,बिद्यालय स्व:मुल्यांकन को आधारमा थप आवश्यक आधुनिक सिकाइको लागि कम्प्युटर सहयोग जस्ता कार्यहरु गर्दै आएकोछ |

मायादेबी गाउँपालिकाकाे अध्यक्षा वलिउद्दीन मुसलमान र प्रमुख प्रसासकिय अधिकृत परमेश्वर प्रसाद यादव ,सम्बिन्धत बिद्यालयकाे प्रधानाध्यापक र संस्थाका प्रतिनिधीहरूकाे उपिस्थतीमा साे सामाग्रीहरू बितरणा गरिएकाे हाे । सामाग्रि बितरणा कार्यक्रममा पालिका अध्यक्ष वलिउद्दीन मुसलमान ले संस्थाले बिद्यालयलाइ गरेकाे सहयाेगकाे प्रसंसा गर्दै मायादेबी गाउँपालिकाले सनशाइन संस्था संग सहकार्य गरी अगाडी बढ्ने बताउनु भएकाे छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group