मिति २०७९।११।२० गते जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं.५ चन्द्रौटा स्थित निर्माणधिन बस गाडीको रिफ्रेस सेन्टरको शौचालयको सेप्टी ट्याङकी भित्र नामथर वतन नखुलेको महिलाको शव रहेको सूचना वडा प्रहरी कार्यालय चन्द्रौटामा प्राप्त भए पश्चात तत्काल जिप्रका र वप्रका चन्द्रौटाको अनुसन्धान टोली उक्त स्थानमा खटी गई सो ट्याङकीको पानी भित्र अनुहारको भाग पानीमा रही घोप्टो अवस्थामा रहेको शवलाई बाहिर निकाली हेर्दा उक्त शव अ. बर्ष ३५/३६ की महिलाको रहेको मृत लाश औशा किरा परी सडी गली दुर्गन्धित अवस्थामा रहेको मृतक लाशको घटनास्थल लाश जाँच मुचुल्का लगायतको सम्पुर्ण अनुसन्धान कार्य सम्पन्न गरी शव परिक्षणको लागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा पठाएको थियो ।
छनबिन गर्दा मृतक जिल्ला रोल्पा सुनछहरी गाँउपालिका वडा नं.६ फगाम बस्ने बर्ष अं.३६ की केशु बि.क आफ्नो छोरा छोरी तथा श्रीमान सहित जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं.५ चन्द्रौटा स्थित निर्माणधिन बस गाडीको रिफ्रेस सेन्टरको भवनमा बस्दै आएको खुलेको थियो । निज केशु बि.क.लाई निजकै श्रीमान बर्ष ४० को गर्भे बि.क.ले कर्तब्य गरी मारी सेप्टी ट्याङकी भित्र फाली फरार भएका थिए । गर्भे बि.क. लाइ काठमाण्डौ उपत्यका प्रहरी अपराध महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा मिति २०८०।०२।०२ गते जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नं.१० सतंगुल स्थितबाट फेला पारी पक्राउ गरेको छ ।

त्यसै गरी २०८०।०२।०२ गते कपिलवस्तु शिबराज नगरपालिका वडा नं.९ बनियाभार लक्करबन्दी बस्ने बर्ष ३५ की हरि कुमारी रोकाको घरमा लागु औषध चरेश लुकाई छिपाई राखी कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट प्र.नि को कमाण्डमा खटिएको प्रहरी टोलीले हरि कुमारी रोकाकाे घरबाट कालो खैरो गिलो अवस्थाको लागू औषध (चरेश) जस्तो देखिने पदार्थ (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेश र ११६ ग्राम गाँजा फेला परेको छ । हरि कुमारी साथमा रहेको V लेखेको कालो रंगको भिर्ने झोला भित्र भारतिय र नेपाली दरको बिभिन्न नोट गरी जम्मा रू.३, ९६,५८५।–( तीन लाख छ्यानब्बे हजार पाँच सय पचासी) र सोही झोला भित्र सुन जस्तो देखिने माडबारी १ जोर तौल गर्दा ४८.८ लाल र चाँदी जस्तो देखिने पाँउजु १ जोर तौल गर्दा २३.५६० ग्राम फेला परेको हाे । हरि कुमारी रोकालाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटाले सोधपुछ गर्दा उक्त वारदातमा संलग्न जिल्ला कपिलवस्तु शिबराज नगरपालिका वडा नं.१ बनकट्टी बस्ने बर्ष ५६ को देब प्रसाद कामी समेत संलग्न रहेको भनि खुल्न आएकोले लागू औषध (चरेश) मुद्दामा संलग्न ब्यक्ति निज देब प्रसाद कामी समेतलाई मिति २०८०।०२।०३ गते पक्राउ गरी सम्मानित अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको कुरा जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
