
आफ्नै श्रीमतीको हत्या फरार रहेका खुमे दर्जी १८ बर्ष पछी पक्राउ परेका छन । २०६१।०८।२४ गते जिल्ला रुपन्देही दुधराक्ष गा.वि.स. वडा नं.३ बुद्धनगर स्थित मृतकको आफ्नै घरको कोठामा गाँउ घरमा गोपाल दर्जी भन्ने तर वास्तविक नाम खुमे दर्जीले आफ्नै श्रीमती तीन जना श्रीमती मध्ये कान्छी श्रीमती वर्ष ४० की राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुदाँ चिर्पटले हानी हत्या गरी फरार रहेका थए ।
उनी ३ बर्ष दिल्लीमा काम गरी नेपाल अएर काठमाडौं का.म.न.पा. वडा नं.१७ क्षेत्रपाटी ढल्कुमा जमुना दर्जी सँग चौथो विवाह गरी सो सम्बन्धबाट छोरा वर्ष १४ को समेत जन्म भई परिवार सहित पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको थिए । गोप्य सुचनाको आधारमा खोज तलास गर्दै जाँदा प्रहरीले मिति २०८०।०१।१३ गते जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १७ क्षेत्रपाटी ढल्कुमा हिडिरहेको अवस्थामा पक्राउ गरी थप कानुनी कारबाहीको लागी ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा बुझाईएको कुरा सि.अइ.बी. नेपालले जनाएको छ ।