
कपिलबस्तु जागरणा अनलाइन ।
स्थानिय क्षमता परियोजना ( एल.सी.पी.) अन्तरगत २ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको वडा नं. ४ पिपरामा सम्पन्न भएको छ । वडा नं. ४ को धार्मिक अगुवा , यूवा समूहका सदस्य , महिला समूहका सदस्य ,फरक क्षमता भएकाहरु , राजनितिक दलका पार्टी प्रतिनिधी , समाजसेवीहरुको सहभागितामा २ दिने घरेलु तथा महिलाहिंसाकोबारेमा अन्तरकृया कार्यक्रम भएको हो ।
अन्तरकृया कार्यक्रम पछि सहभागीहरुले गाउँ घरमा भईरहेको घरेलु तथा महिला हिंसा सर्बप्रथम आफुले न गर्ने र यस्ता हिंसा गर्नेलाई समझाई बुझाई गरी राख्ने न मानेमा सम्बन्धित निकायहरुमा जानकारी गराई हिंसा न्यूनिकरण गर्ने आफुहरुको प्रयास रहने वडा सदस्य हृदयराम यादवले बताउनु भएको छ ।
कार्यक्रम सनशाईन सामाजिक बिकास संस्थाको आयोजना र यूनाईटेड मिशन टु नेपालको सहयोगमा भएको हो । अन्तरकृयामा ३५ जनाको सहभागिता रहेको थियो । यही बैषाख १३ र १४ गते भएको कार्यक्रमको समापन सनशाईन सामाजिक बिकास संस्थाका अध्यक्ष शिवलाल यादवले गर्नु भएको थियो ।