
यूवाहरुका लागि जिवन उपयोगी सीप ।
कपिलवस्तुको मायादेबी गाउँपालिका स्थित यूवा संजालका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले ३ दिने जिवन उपयोगी सीप तालिम आज पकडीमा सम्पन्न भएको छ ।
परिवर्तनका लागि बालबालिका , यूवा र समुदाय परियोजना अन्तरगत तालिम भएको हो । सनशाईन समाजिक बिकास संस्था र यूनाइटेड मिशन टु नेपालको सहकार्यमा संचाति परियोजना को उक्त तालिममा ट्रान्सफर्म एड र यू एम एन को आर्थिक सहयो र सनशाइन सामाजिक बिकास संस्थाको अयोजनामा तालिम भएको हो ।
स्थानिय ३० जना यूवाहरुको सहभागितामा संचालन भएको तालिमको सहजीकरण ब्राइट फूचर ट्रेनिड. सेन्टरका उमा शंकर अचार्यले गर्नु भएको कुरा संस्थाका कार्यकारी निर्देशक शम्भु प्रसाद हरिजनले बताउनु भएको हो ।