परशुराम यादव
आजको पढालिखा युवाजमात समस्या खोज्न व्यस्त देखिन्छन् । तर समाधानमा कुनै चिन्ता मानेका छैनन् । उनीहरु देश, जनता, नेता, नीति, पद्धति, प्रक्रिया कुनैप्रति पनि खुसी देखिदैनन् । देश छोडेर भागिरहेका छन् । जनतालाइ हेपिरहेका छन् । नेतालाइ सरापि रहेका छन् । नीतिलाइ भाँडिरहेका छन् । पद्धत्तिलाइ पन्छाइ रहेका छन् । प्रक्रियालाइ मिचिरहेका छन् । सिर्फ भाग्य र भगवानलाइ सम्झिरहेका छन् ।
युवाहरुमा बलात्कार अरोपी पल शाह र क्रिकेटर रबी लामिछाने प्रति कुनै गुनासो छैन, बरु बलात्कारको विरोध गर्ने अधिकारकर्मी प्रति गुनासै गुनासा छन् । महिलालाइ वस्तुको रूपमा व्यवहार गर्नेप्रति कुनै गुनासा छैनन् बरु महिला अधिकारको वकालत गर्नेप्रति गुनासै गुनासा छैन । मधेशीलाइ अपमान गर्ने, अधिकारबाट बन्चित गर्नेप्रति कुनै गुनासो छैन बरु मधेशी र मधेशीको अधिकार र समानताको हक माग्नेप्रति गुनासै गुनासा छन् । हिन्दू धर्म मान्नेभित्र भएको जातिय विभेद, दलन, उत्पिडन र भेदभावप्रति कुनै गुनासो छैन् बरु धर्मको कतिपय प्रवधानको बिरोध जनाउनेप्रति गुनासै गुनासा छन । दुइ सय पचास बर्षसम्म बन्धक बनाइ देशलाइ अगाडि बढन नदिने राजतन्त्र र रणाहरुप्रति कुनै गुनासो छैन् तर लोकतन्त्र ल्याउन जेलनेल भोगेका, गणतन्त्र ल्याउन संघर्ष गरि स्वतन्त्रताको स्वाद चखाउने प्रति गुनासै गुनासा छन् । शरतसिंह भण्डारी बाह्र पटक मन्त्री बनेकोमा कुनै गुनासो छैन् उपेन्द्र यादव दुइ पटक मन्त्री बन्दा गुनासै गुनासा छन् । कम्युनिष्टहरु फुटेर बाह्र टुक्रा भएकोमा कुनै गुनासो छैन तर मधेशबादीहरु फुटेर तीन टुक्रा भएकोमा गुनासै गुनासा छन् । कांग्रेस र एमाले शसस्त्र अन्दोलन गरेकोमा कुनै गुनासो छैन् तर माओबादी र मधेशबादीहरुको अन्दोलनप्रति गुनासै गुनासा छन् । रबी लामिछाने दोहरो नागरिकता लिइ सांसदसम्म भए, अदालतले दोषी पनि ठहर गर्यो, मिडियालाइ सरेआम गाली गलौज गर्दासम्म पनि कुनै गुनासो छैन् तर राजेन्द्र महतो नियमपूर्वक अंगिकृत नागरिकता लिएकोमा गुनासै गुनासा छन् । नेता बि.पि. कोइरालादेखि केपी ओलीसम्म हरेक कुरामा भारतकै शरण लिएकोमा कुनै गुनासो छैन् तर मधेश अन्दोलनमा उपेन्द्र, राजेन्द्र र महन्त दश गजामा बसेर अन्दोलन गर्दा वा भारतका केही नेतालाइ भेटेकोमा गुनासै गुनासा छन् । दुर्भाग्यवस गुनासो गर्नेमा अधिकांश युवा, त्यसमा पनि डिग्रिधारीहरु छन् । जसमा अधिकांश आर्थिक रूपले सम्पन्न, पदीय रूपमा सुसज्जित, बौद्धिक रूपमा दिक्षित पनि छन् ।
विगत केही बर्षयता देशको राजनीतिमा केही युवाहरुको प्रबेश र तिनका कार्यशैलीप्रति पाकापुस्ताको पनि कम गुनासा छैनन् । कुनैबेला पत्रकारीतामा अब्बल रबीन्द्र मिश्र अहिले राजनीतिमा प्रबेश गरि राजतन्त्रको वकालत गर्दैछन् । अमेरिकामा बैज्ञानीकको रुपमा कार्यरत चन्द्रकान्त राउत अलग मधेशको एजेण्डा लिएर राजनीतिमा प्रबेश गरेर अहिले मधेश र मधेशीकै खेदो खन्दै छन् । अर्थशास्त्रका बिज्ञ स्वर्णिम वाग्ले राष्ट्रपतिका मन्त्रिस्तरको आर्थिक सल्लाहकार नबाइएकोमा तनहुमा टिकट मागे र पाउने आश कम देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश गरि चुनाव लडदै छन । रबी लामिछानेलाइ आजको बि.पि. मानिसकेका छन् ।
यसरी भनिरहदाँ देशमा समस्यै छैन् । देशका सवै नेता इमान्दर र कर्तव्य निष्ठ छन् । बिगतका सवै घटना जायज छन भन्न खोजेको पक्कै होइन । विगतमा कमि कमजोरी भए त्यसमा सुधार गर्ने कुरामा व्यापक छलफल बहस हुनुपर्ने हो । तर फेरि त्यही व्यवस्थालाइ फर्काउन माग गर्ने कुरा न्यायोचित हुन सक्दैन् ।
देशको हरेक कुनाकप्चामा जातिय, क्षेत्रीय, लैङ्गिक विभेद एवं बन्चितिकरण गर्ने अनि अवाज उठायो वा सचेत बनायो भनेर विदेशी संङ्घसंस्थालाइ गाली गर्ने? धर्मको नाममा जातीय बिभेद, शोषण, दमन र पाखण्ड फैलाइ धन्दा चलाउने विरोध गर्नेलाइ धर्म बिरोधी बताउने ? हो बिगत केही बर्षयता धर्म र राजनीतिमा प्रश्न गर्नेहरुको संख्या ह्वातै बढेको छ । तर प्रश्न गर्नुको मतलब बिरोधी होइन । माया गर्ने मान्छेले चित्त नबुझे बिरोध पनि गर्छ ।
आफनो भनेपछि सवैभन्दा प्यारो हुन्छ । आफना छोराछोरी, परिवार, समाज, धर्म, संस्कृति, भाषा, देश सवैलाइ प्यारो हुन्छ त्यसकारण समान्य अवस्थामा कसैले पनि आफनो भन्ने चिज छोडन् चाहदैन् । तर फेरि आफनो भन्ने कुरा अरुले भनेर वा लादेर हुदैन । त्यसमा आफनोपन हुन जरुरी छ । आफनो मानसम्मान, आफनो इज्जत र गरिमा , आफनो हैसियत र अधिरकार, आफनो भाषा र पहिचान जस्ता कुरा मिसिएका छन भने कसैले पनि छोडन् सक्दैन । र छोडन पनि हुँदैन ।
अहिलेको मूल समस्या भनेको राज्यको हरेक संरचनामा व्यापक बिभेद छन त्यसमा सुधारको माग गर्दा देशद्रोही हुनुपर्ने । धर्ममा व्यापक कुरिती कुसंस्कार, जातिय भेदभाव, पाखण्ड छन् त्यसमा सुधारको माग गर्नेमाथि अधर्मिको अरोप लगाइन्छ । देश र धर्म खतरामा भएको भ्रम फैलाइन्छ र सुधारको माग गर्नेमाथि बिभिन्न किसिमको शारीरिक एवं मान्सिक हिंसा गरिन्छ ।
सवै मिल्नकोलागि देश, समुदाय र समाजको आन्तरीक एकता बलियो बनाउनै पर्दछ । एकताको अपरिहार्य सर्त समाजिक न्याय र समता हो । समस्या अरुभित्र भन्दा आफैभित्र खोजौ, हरेक समस्याको समाधानका लागि समाजिक न्याय नै रोजौं ।