बौद्धिक अपाङ्गता शिविर बाट ८४ जना को पहिचान ।

      बौद्धिक अपाङ्गता शिविर बाट ८४ जना को पहिचान । 

बिभेद रहित समता मूलक समाज , मानशिक स्वास्थ्य परियोजना अन्तरगत मायादेबी गाउँपालिका वडा नं. ६ र ८ त्यसै गरी यशोधारा गाउँपालिकाको १ र ५ नं. वडामा गरिएको अपाङ्गता पहिचान तथा लेखा जोखा शिविर बाट ८४ जना अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान भएको ।
मानसिक स्वास्थ्य अवस्था कमजोर भएका ब्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि शिविर संचालन गरिएको कुरा आयोजक संस्थाले जनाएको छ । दलित सामाजिक बिकास केन्द्र र यूनाईटेड मिशन टु नेपाल एम .डि.टी.को सहकार्यमा उक्त शिविर संचालन गरिएको कुरा दलित सामाजिक बिकास केन्द्रका कार्यकारी निर्देशक रामशरन रैदासले बताउनु भएको छ । शिविर बाट बौद्धिक अपाङ्गताको पहिचान गर्ने , परामर्शा दिने र समयमै औषधी उपचार गराएमा बौद्धिक अपाङ्गता ठीक हुन सक्छ भन्ने समुदायमा सन्देश दिनको लागि यो पहिलो चरणको शिविर संचालन गरिएको कुरा कार्यक्रम संयोजक निर्माला सिंहले बताउनु भयो ।
बिविरमा कान्ति बाल अस्त्पताल कठमाण्डौंका चिकित्सा मनोविद अन्जन कुमार ढकाल र काठमाण्डौं टिचिंग अस्पतालका प्रमेशमान प्रधानले बौद्धिक अपाङ्गताको पहिचान गरि उहाँहरुलाई कस्तो किसिमको ब्यवहार परिवर्तनको लागि कस्तो तालिम आवश्यक रहने र औषधी उपचारको लागि कहाँ र के गर्दा उपयुक्त हुने कुराको पहिचान र आवश्यक सल्लाह दिने कार्य गर्नु भएको थियो । शिविर यही चैत्र २७ र २८ मायादेबी र यशोधरा गाउँपालिकाको समन्वयमा संचालन भएको हो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group