सनशाईन संस्थाद्धारा लैंगिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न

No description available.

सविता गुप्ता , फागुन २४ , कपिलवस्तु ।।

सनशाईन संस्थाद्धार लैङ्गिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस लैङ्गिक समानताको बलियो आधार ः सिर्जनातत्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुलनाराको साथ लैंगिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ

No description available.

। सनशाईन सामाजिक विकास संस्था को अयोजन , यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनको सहयोग र मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपराको समन्वयमा लैंगिक समानताका लागि हाजरी जवाफ प्रतियोगिता ४ नम्बर वडा कार्यालय पिपरा प्रंगणमा सम्पन्न भएको थियो । विभिन्न अतिरिक्त क्रियाकलापमा किशोरी र महिलाहरुलाई सहभागि गराई समुदायमा लैङ्गिक समानताको सन्देश दिने र सामुदायमा हुने विभिन्न क्रियाकलापहरुमा महिला तथा किशोरीहरुको सहभागीतामा वृद्धि भइ लैङ्गिक समानता कायममा सहयोग मिल्नेछ भन्ने उद्देश्यले कार्यक्रमको अयोजन गरिएको सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका सयोंजक मनोज यादवले जनकारी दिनुभएको छ ।

No description available.

लैंगिक समानताका लागि हाजरी जवाफ प्रतियोगितामा वडा भित्रका ५ वटा महिला समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रगति अत्मनिर्भार समुह चकारचौड प्रथाम , हिमालय अत्मनिर्भार समुह वुलकडिहवा द्धितिय , उन्नति अत्मनिर्भार समुह ठुलो गौरा तृतिय स्थान र हारियलि अत्मनिर्भार समुह सानो गौरा र प्रसंसा अत्मनिर्भार समुह पिपरा सन्तावन स्थान हासिल गरेको परियोजना सयोजका मनोज यादवले जनकारी दिनुभयो । सहभागि सबै समुहलाई पुरस्कार वितारण गरेर सम्मान पनि गरिएको थियो । यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका कार्यक्रम अधिकृत धनी राउत र वडा सदस्या हृद्दय राम यादवले महिला आफ्नो हकआधिकारको लागि बढे मात्रै महिलाको अवस्थामा सुधार हुँदै जने जोड दिनुभएको थियो । महिला पुरुष दुबैको साथ र सहयोगबाट मात्रै महिला हिंसा लगाएतका समस्याहरु समाधान हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम स्वतन्त्र युवा क्लब मायादेवी वडा नम्बर ४ पिपरा वडाका अध्यक्ष सत्यवन यादवको अध्यक्षता र वडा अध्यक्ष अशफाक अहमद मुसलमान को प्रमुख अतिथतामा कार्यक्रम भएको थियो । यूनाईटेड मिसन टु नेपालको सहयोगमा संचालित शान्तिका लागि स्थानिय क्षमता परियोजनका कार्यक्रम अधिकृत धनी राउत को विशिष्ट अतिथता र अतिथिहरुमा वडा सदस्यहरु , पत्रकार ,संघ(संस्थाका प्रतिनिधिहरु लगायत रहनु भएको थियो । कार्यक्रम महिला ,किशोर किशोरी ,बालबालिका लगायत को सहभागिता रहेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group