
शत्रुघन खरविन्द ,फागुन २०,
कपिलवस्तु बिभिन्न सवालहरुको सम्बोधन गर्दे कपिलवस्तुको मायादेवी गाउँपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम फागुन १९ गते सम्पन्न भएको छ । सामाजिक सुरक्षा स्वास्थ्य तथा पोषण विषयमा केन्द्रित रहेर सार्बजनिक सुनुवाई कार्यक्रम कपिलवस्तुको पकडीमा सम्पन्न भएको हो । कार्यक्रम इक्वल एक्सेस नेपालको समन्वय, मायादेवी गाउँपालिका कार्यालय पकडीको सहयोग र सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जाको अयोजनमा भएको हो ।
पालिकाले दिइरहेको सेवाहरु मध्ये सामाजिक सुरक्षा, स्वास्थ्य तथा पोषण विषयमा केन्द्रित रही सार्बजनिक सुनुवाई गरिएको थियो । पालिका भित्र देखिएको सामाजिक सुरक्षाको नाजुक अवस्था र पोषणको क्षेत्रमा पालिकाको ध्यान नपुगेको अवस्थालाई सेवाग्राही तथा सहभागीहरुले जोडदार रुपमा अवाज उठाएका थिए ।
गाउँपालिकाको आर्थिक बर्ष ०७९।०८० को निति तथा कार्यक्रममा पोषणको क्षेत्रले स्थान पाएन । यस क्षेत्रमा पालिकाको बजेट शुन्य सरह रहयो । पालिकाले पोषण सम्बिन्ध कार्यक्रम संचालन गर्ने , पालिका भित्र देखिएका बालबालिकाहरुमा कुपोषणको अवस्थालाई न्यूनिकरण गर्ने , बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत हजार दिनका आमाहरुलाई बिभिन्न पोषणयुक्त खानेकुराहरु दिने नीतिमा पास गरेपनि कार्यन्वयनको अवस्था शुन्य रहेको छ ।
सेवाग्राहीहरुले गरेको प्रश्नमा मायादेबी गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र यादवले आफु पालिका संग स्वास्थ्य तथा पोषणको लागी रकम माग गरेपनि प्राप्त न भएको बताएका थिए । पालिकामा अहिले तथ्याङ्क पत्ता लागेका १८ जना कडा कुपोसित र मध्ययम कुपोषित २६ जना बालबालिकाहरु रहेको देखाएको छ । पालिकामा खोप तथा खाद्यय सुरक्षा निर्देशिका समिती भए पनि औपचारिक्तामा मात्र सिमित रहेको पाईएको छ ।
त्यसै गरी स्वास्थ्य सेवाको बिषयमा नागरिकसंग सधै नजिक रहने महिला स्वास्थ्य स्वयम सेविकाहरु २८ जनाले उमेर पुगि अवकास पाएकाहरुको ठाउँमा नयाँ स्वयम सेविका भर्न गर्न अहिले पालिकाले सकेको छैन् । यस अवस्थामा घर घरबाट तथ्याङ्क ल्याउने जनशक्ति न भएकोले अझै कैयौ बालबालिकाहरुको डाटा आउन सकेको छैन् । जेष्ठ नागरिक तथा अपाङ्गता भत्ता सम्मान स्ववरुप पाउनु पर्ने ठाउँमा घाम ,पानीमा दिनभर बैंकमा लाईनमा बसेर भत्ता लिन जाँदा आफुहरु अपमानित भएको महसुस सेवाग्राहीहरुले गरेका थिए । उहाँहरुले अति असक्तहरुलाई घरमै सेवा दिनाकोलागी अग्रह गरेका थिए ।
सेवाग्राहीहरुको बिभिन्न प्रशनहरुको सम्बोधन गर्दै पालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर प्रसाद यादवले जेष्ठ नागरिक र अक्ति अशक्तहरुको भत्ता घरमै बितरण गर्नको लागी स्थानिय बैंकसंग समन्वय गरी अगाडी बढाउने , न्यूक्त हुन न सकेका २८ जना महिला स्वायम् सेविकाहरुलाई यही चैत्र मसान्त भित्र न्यूक्त गर्ने , अगामी बजेटमा पोषणलाई बिशेष केन्द्रमा राखी बजेट बिनियोजन गर्ने ,शाखा उप शाखाहरुभित्र देखिएका कमी कमजोरीहरुलाई हटाएर अगाडी बढ्ने , बिभिन्न शाखाहरुका कर्मचारीहरुको समयको पालना गर्ने कार्यमा कमजोरी देखिएकोले त्यसको पालनाको लागी कडाईकासाथ निर्देशन दिने प्रतिबद्धत ब्यक्त गर्नु भएको थियो ।
त्यसै गरी पालिकाको सल्लाहकार सरफुद्धिन मुसलमानले सर्बजनिक सुनुवाइृमा उठेका सवालहरुलाई पालिकाको बैठकमा राख्ने र समस्याहरुलाई समाधान गराउनमा भुमिका खेल्ने बताउनु भएको थियो । उहाँले सुचनाका कारण सेवासम्म पहुँच हुन न सकेको र सेवाबाट बन्चित हुने समुदायको लागी समयमा सुचनाको पहुँचमा अभिबृद्धि गर्नुपर्नेमा जोड थियो ।
कार्यक्रममा मायादेवी गाउँपालिका कार्यालयका प्रमुख प्रशासकिय आधकृत परमेशवर यादव पालिका सल्लहकार सर्फुद्दिन मुसालमान , सामाजिक विकास शाखा प्रमुख बैतुल्लाह धुनियाँ, स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव, कृषि शाखा प्रतिनिधी बालकृष्ण बरईले आफुअरुसंग आएका प्रशनहरुको जबफ दिनु भएको थियो ।
कार्याक्रममा आम नागरिक , युवा कल्ब ,बाल कल्ब , आमा समुह , महिला समुह , महिला स्वायमसेवीका , नागरिक अगुवा ,जेष्ठ नागरिक, आपङ्गता भएका ,संचारकर्मी , ,विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि लगायत ७० भन्दा बढीको सहभागित रहेको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन म्यनेजर तुलसी राम यादवले गर्नु भएको थियो ।