परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

May be an image of 3 people, people sitting and people standing

कपिलवस्तु गोरुसिंगे चैत्र ११

बुद्धभूमि नगरपालिका गोरुसिंगे स्थित ईलाका प्रहरी कार्यालय गोरुसिंगेको आयोजनामा आज बिहान परिचयात्मक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा सरुवा भई आएका प्रहरी निरिक्षक नरेश बहादुर शाहीले ईलाका भित्रका यथार्थ स्थितीहरुको जानकारी लिने उद्धेश्यले पालिका भित्रका जनप्रतिनिधी , समाजिक संघ संस्था , अधिकारकर्मी , संचारकर्मी , उद्योग ब्यवसायिहरुलाई आमन्त्रण गरी ईलाका भित्रको बस्तुस्थिती बुझने कार्य गर्नु भएको हो । समाजमा शान्ति , शुरक्षा , अमनचयनको प्रत्यारभुति कसरी नागरिकलाई दिन सकिन्छ भन्ने उद्धेश्य राखी अन्तरक्रियाको आयोजना गरिएको कुरा प्रहरी निरिक्षक नरेश बहादुर शाहीले बताउनु भएको हो । बिभिन्न स्थानबाट आएका जनप्रतिनिधी , समाज सेवी उद्योग ब्यवसायीहरुले महिला हिंसा , लागु औषधी ओसारपसार , घरेलु हिंसा , सवारी दुर्घटना हुने कारण र सम्भावना तथा टिप्पर जस्ता चार पाङ्ग्रे , हेभी गाडीहरुको तिब्र गति र अधिक भार वाहनले बाटोको स्तर बिगार्नु देखी बढी दुर्घटना हुने सम्भावनाहरु रहेको कुरा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक नरेश बहादुर शाहीले समाजमा शान्ति , सुरक्षा कायम गर्नको लागी प्रहरीलाई समाजको अत्यन्तै आवश्यक्ता छ । समाजले प्रहरीलाई सघाउँदा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएका थिए ।कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पालिका भित्रको भौगोलिक , सामाजिक , संस्कृतिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group