
तुलसीराम यादव,
कपिलवस्तु जागरण चैत्र १३,
नेपाल सरकार संस्कृति, पर्याटन तथा नागरिक उड्यान मन्त्रालय पुरातत्व बिभाग अन्तरगत रहेको कपिलवस्तु संग्राहालयको आयोजनामा चैत्र १३ गतेका दिन कपिलवस्तु संग्राहालय भित्र कपिलवस्तु पुरातात्विक सम्पदा महोत्सव सम्पन्न गरिएको छ ।
महोत्सवमा भाषा , संस्कृतिका कुरागर्नको लागि प्यानल लिष्ट तयार गरिएको थियो । करिब पचहत्तर प्रतिशत अवधीभाषा बोल्ने ठाउँमा र बसोवासको हिसाबले पनि बहुसंख्यक रुपमा रहेको अवधी भाषीलाई अपहेलना गरी अन्य समुदायलाई राखेर यस ठाउँमा गरिएको भाषाको बहसले कुनै औचित्य न राखेको कुरा अवधी भाषीले असन्तुष्ठि ब्यक्त गरेका छन । उहाँहरुको भनाई अनुसार एक त प्यनल लिष्टमा अवधी भाषीलाई न राखेको र अर्को तर्फ महोत्सवमा स्थानियको न्यून उपस्थितीले स्थानियको भाषा संस्कृति र सहभागितालाई बेवास्ता गरिएको बताएका छन् ।
युनेस्को जपनिज फण्ड इन ट्रष्टको आर्थिक सहयोगमा नेपाल सरकार पुरातत्व बिभाग , लुम्बिनी बिकास कोष, बेलायत दुरहम बिश्व बिद्यालय र राष्ट्रिय तथा अन्तराष्ट्रिय बिज्ञहरुकोटोली द्धारा कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा अन्वेषण, उत्खनन, अध्ययन अनुसंधानका क्रममा भेटिएका बस्तुहरुको प्रदर्शन तथा जानकारी दिने उद्धेश्यले कपिलवस्तु सम्पदा महोत्सवको आयोजना गरिएको कुरा कपिलवस्तु संग्रहालयका प्रमुख शान्ति शेर्माले बताउनु भएको छ ।
उता स्थानियहरुले हाम्रै गाउँ घर बिचको सम्पदाको बारेमा उत्खनन बर्षौ देखी गर्दै आईरहेको र छिमेकीहरुलाई नै जानकारी नदिई सम्पदा महोत्सव मनाईरहँदाको उपस्थितीले नै स्थानियलाई उपेक्षित गरिएको कुरा दर्शाएको छ ।
महोत्सव कार्यक्रम लुम्बिनी बिकासकोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको अध्यक्षता र संघिय संसद अमृता अग्रहरीको प्रमुख अतिथ्यतामा भएको हो । सम्पदा महोत्सवमा जिल्लाका अन्य संसदहरु र बिदेशी पाहुनाहरुको उपस्थिती रहेको थियो ।