कपिलवस्तुमा गोपाल सेवा समिति गठन, जातिय उत्थानको लागि काम गर्ने प्रतिबद्धता

May be an image of 12 people, people sitting and people standing

कपिलवस्तु ताैलिहवा चैत्र ११ः

आज ताैलिहवामा भएको यादव समाजको भेलाबाट राधेश्याम यादवको अध्यक्षतामा २२ सदस्यि गोपाल सेवा समिती गठन भएको छ । समितीको उपाध्यक्षमा शाधुसरण यादव, सचिवमा दिवाकर यादव र सह सचिवमा सवाँरे यादव सहित २२ सदस्यि समिती गठन भएको हो ।

कपिलवस्तु नगरपालिकाको सभाहालमा भएको यादव समाजको भेलाबाट उक्त समिती गठन भएको हो । भेलाले तीन सदस्यीय संरक्षक समिति र दुई सदस्यीय सल्लाहकार समितीको पनि चयन गरेको छ । संरक्षक समितीमा पुर्ब मन्त्री शहसराम यादव र पुर्ब राज्य मन्त्री शुष्मा यादव र पुर्ब गा.बि.सचिव यज्ञराम यादव रहेका छन् भने सल्लाहकारको रुपमा शिक्षक तुलसीराम यादव र बिन्दराज यादव रहेका छन् ।

भेलाले यादव जातिको शिक्षा , स्वास्थ्य ,पेशा , अधिकार र संस्कृतिको संरक्षण गर्दे राजनितिक क्षेत्रमा पहुँचमा अभिबृद्धि गर्ने उद्धेश्य लिएर अगाडी बढ्ने बताईएको छ । भेलाका बक्ताहरुले समिति नितान्त रूपमा जातीय उत्थानका निम्ति समुदायको शिक्षा, स्वास्थय, समाजिक भेदभाव, प्रथा र परम्पराको नाममा बढेको कुरिती कुसंस्कारमा व्यापक रूपमामा काम गर्नुपर्ने बताएका छन साथै संस्था कसैको राजनीतिक विचारधारमा काम गर्न नहुने समेत सचेत गराएका थिए ।

भेलामा समाज सेवी राम अचल यादव ( स्वामी जी ) , शिवलाल यादव लगायत जिल्लामा नेतृतव गर्ने अन्य यादवहरुको सहभागिताका साथै रुपन्देही जिल्लाका गोपाल सेवा समितीका सदस्य र शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group