
शत्रुघन खरविन्द , फागुन ८, कपिलवस्तु ।।
सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जा को १५ औं बार्षिक उत्सवको अवसारमा एक दिने अन्तरक्रियात्मक कार्यक्रम गरि मनाइएको छ ।कपिलवस्त जिल्लाको पहिलो सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जा आज १४ वर्ष पारगरी १५ औँ वर्षमा प्रबेश गरेको अवसारमा रेडियोका संस्थापक सदस्यहरुसंग अन्तरक्रिय गर्दै सनशाईन सामाजिक विकास संस्थाको कार्यालयमा १५ जन्म उत्सव मनाइएको हो । रेडियोले स्थापन कल देखि संचालन गर्दै अएको कार्यक्रम र त्यसबाट भएको उपलब्धीहरुको बारेमा सामुदायिक रेडियो कपिलवस्तुका स्टेसन म्यानेजर तुलसी राम यादवले जनकारी दिनु भएको थियो । ईलेक्ट्रनिक संचारको साधन नहुँदा नागरिकहरुलाई सु–सुचित गर्ने उदेश्यले २०६३ साल फागुन ८ गते सनशाईन सामाजिक विकास संस्था द्धारा रेडियोको स्थापना गरिएको स्टेशन म्यानेजर यादवले बताउनु भएको थियो । रेडियोको १५ औं बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सत्यतथ्य सुचना र समाचार उठान गर्न कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोहन शर्माले जोड दिनु भएको थियो । आफनो वडा सामुदायिक रेडियो कपिलवस्तुको संस्थापक सदस्य रहेकोले अगामी दिनमा वडाबाट पुर्ण सहयोग गर्ने प्रतिबद्ध रहेको वडा अध्यक्ष शर्माले बताउनु भएको थियो । समाजमा लुकेर रहेको द्धान्द , पिडित महिला , आपङ्गगत भएको व्यक्तिको , दलित ,मधेसी लगायतको सवल आगमी दिनहरुमा रेडियोले आफनो प्रमुख मुद्दा बनाउन दलित समाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशराण रैदासले अग्राह गर्नु भएको थियो ।

सामुदायिक रेडियो कपिलवस्तु आफनो वडामा अवस्थित रहेकोले रेडियोलाई अगामी दिनहरुमा संचालन गर्न बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले सहयोग गर्न सबै संग अग्राह गर्नु भएको थियो । बुद्धभुमि वडा नम्बर १० बाट रेडियो संचालन गर्न निरन्तर सहयोग गर्दै अएको र अगमी दिनमा पनि निरन्तर सहयोग गर्न वडा अध्यक्ष पाण्डेले प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो । रेडियो संचालन गर्न पहिला भन्दा अहिले धेरै नै गह्रो रहेकोले कपिलवस्तुका पलिका ,वडाले सहयोग गर्न नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा तौलिहवाका अध्यक्ष किरणमान बज्राचार्यले अग्रह गर्नु भएको छ । स्थानिय तहबाट पत्रकारहरुको लागि बिशेष बजेट व्यवस्थापन गर्न अध्यक्ष बज्राचार्यले जोड दिनु भएको थियो । रेडियोहरु युवा अवस्थामा बन्द हुने अवस्थामा पुग्नु दुःखको कुरा रहेको सामुदायिक रेडियो प्रसारक संघ सुचना नेटवर्क सि.आइ.एन.लुम्बिनी प्रदेकका अध्यक्ष राजु खराल बताउनु भएको छ । समुदायको सबैभन्दा नजिकको साथी रेडियो रहेकोले रेडियोहरुलाई निरन्तर संचालन गर्नको लागि समिक्षा गर्ने समय अएको प्रदेकका अध्यक्ष खराल बताउनु भएको छ । अगमी दिनहरुमा नयाँ रेडियो खोल्नु भन्दा पुरानो रेडियोहरु निरन्तार संचालन गर्न चुनौती बढादै गइरहेकोमा उहाले चिन्ता व्यक्ति गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ समाजसेवी राम वराण यादव , संस्थाका पुर्व अध्यक्ष परासुराम यादव , लगायतले आफनो कुराहरु राखेक थिए । कार्यक्रमबाट प्राप्त भएको सुझावसल्लहको अनुसारण गर्दै अगामी दिनहरुमा सबैसंग हातेमलो गर्दै रेडियोलाई अगाडी बढने संस्थाका अध्यक्ष शिवालाल यादवले बताउनु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षता र सामुदायि रेडियो प्रसारक संघका लुम्बिनी प्रदेशका अध्यक्ष राजु खरालको प्रमुख अतिथ्यतामा भएको थियो । अतिथिहरुमा वडा अध्यक्षहरु , विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि , पत्रकार ,सरोकरवालको सहाभागित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक कृष्णकुमार श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सामुदायिक रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसी राम यादवले गर्नु भएको थियो । स्थानिय अवधी भाषालाई प्राथमिकतामा राखेर कुल प्रसारणाको ९० प्रतिशत अफ्ना कार्यक्रम समाचार प्रसारण गर्दै जिल्लाको प्रमुख रेडियोको रुपमा रहेको छ । समाज रुपान्तरणको लागि निरन्तर चौधावर्षे लामो संर्घष गरेको श्रोताहरुको बिश्वास छ ।