सविता गुप्ता ,माघ २९ ,कपिलवस्तु ।।
बुद्धभुमि नगरपालिका वडा नम्बर ६ मा वडास्तरीय सासु बुहारी बीच २ अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।सासु र बुहारी बिच हुने झै झगडा , अन्तरद्धान्द , परिवारिक कलाहको कसरी शान्ति गर्न सकन्छ भन्ने उद्देश्यले बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाको अयोजनमा कार्यक्रम सम्पन्न भएको हो । घरमा सासु र बुहारीले अआफ्नो कार्य र कर्तव्य सम्झे मात्रै एउटा घरको शान्ति स्थापित गर्न सक्ने वडा नम्बर ६ का वडा सदस्या शिवगुलाम यादवले बताउनु भएको थियो ।
घरमा सासु र बुहारी बीच झगडा हुनु भनेको घरमा अशान्ति ल्याउनुकोसाथै छारछिमेकमा पनि नकारात्मक असार पर्ने भएकोले सासु र बुहारी बीच कुनै पनि किसिमको मनमुटाव हुनुहुदैन र मिलेर बस्न वडा नम्बर ६ का वडा अध्क्षय ऐनेलेन्द्र प्रसाद कुर्मीले जोड दिनु भएको थियो ।
घर परिवारमा कुनै पनि किसिमको झगडा भएको खण्डमा न्यायिक समिति , मेलमिलाप केन्द्रमा अएर ढुक्क भएर कुरा राख्न सबैसंग वडा अध्यक्ष कुर्मी आग्रह गर्नु भएको थियो । कार्यक्रम बुद्धभुमि नगरपालिका वडा नम्बरका ६ का वडाअध्यक्ष ऐनेलेन्द्र प्रसाद कुर्मिको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा सदस्या शिवगुलाम यादव , ओम शंकार चौधरी , सुमित्रा केवट ,अनिता कुमारी पासी लगयतको अतिथ्यता रहेको थियो । वडा सचिवा फुलचान्द बराईको सन्चालन र सामुदायिक रेडियो कपिलवस्तु १०४.२ मेगहर्जा बुद्धभुमि १० चेतरादेइका स्टेशान म्यानेजर तुलसीराम यादव सहजीकरणमा कार्यक्रम भएको थियो ।